१५ जेठ, काठमाडौं । उत्तर कोरियाले फेरि क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । उत्तर कोरियाले यसै वर्षभित्र प्रक्षेपण गरेको यो ९ औं क्षेप्यास्त्र हो ।
उत्तर कोरियाले पूर्वी तटीय क्षेत्रबाट क्षेप्यास्त्र प्रक्षेपण गरेको र त्यो ४५० किलोमिटर टाढा पुगेर सी अफ जापानमा खसेको दक्षिण कोरियाका सैनिक अधिकारीहरुले बताएका छन् ।
उत्तर कोरियाको लगातारको क्षेप्यास्त्र परीक्षणका कारण कोरियाली प्रायद्वीपमा तनाव बढ्दै गएको छ ।
पछिल्लो क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरियाका राष्ट्रपति मून जेइनले राष्ट्रिय सुरक्षा परिषदको आकस्मिक बैठक बोलाएका छन् । मूनले उत्तर कोरियासँग सैनिक द्वन्द्व हुने चेतावनी दिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उत्तर कोरियाको गतिविधिप्रति आपत्ती जनाएका छन् । उनले उत्तर कोरियासँग एक्लै जुध्न अमेरिका तयार रहेको बताएका छन् ।
अमेरिकी रक्षामन्त्रीले आइतबार टेलिभिजन कुराकानीको क्रममा उत्तर कोरियाका कारण ठूलो द्वन्द्व निम्तिने चेतावनी दिएका छन् । उत्तर कोरियाको कारण दक्षिण कोरिया, जापान र रुससमेत खतरा परेको उनको भनाइ छ ।
जापानले पनि उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणलाई ‘उत्तेजनात्मक गतिविधि’को संज्ञा दिएको छ र यो सैह्य नहुने चेतावनी दिएको छ ।
प्रतिक्रिया 4