+
+
Shares

भोजपुरमा चुनावी प्रतिस्पर्धाः एमाले एकातिर, तीन दल अर्कातिर

सबै स्थानीय तहमा एमालेले छान्यो उम्मेदवार (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ १६ गते ८:२६

१६ जेठ, भोजपुर । नेकपा एमालेले भोजपुर जिल्लाका सबै ९ वटै स्थानीय तहका उम्मेदवार तय गरेको छ । जिल्लामा कांग्रेस, माओवादी र संघीइ समाजवादीले भने चुनावी तालमेल गर्ने भएका छन् ।

भोजपुरमा एमालेविरुद्ध कांग्रेस, माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीच चुनावी तालमेल हुने भएको छ । हालसम्म टेम्के मैयुङ गाउँपालिका र सिल्पा सिलिछो गाउँपालिकामा तीन दलबीच तालमेल भइसकेको छ भने अन्य स्थानीय तहमा पनि तालमेलका लागि छलफल भइरहेको छ ।

टेम्के मैयुङ गाउँपालिकामा संघीय समाजवादीका अध्यक्ष उम्मेदार रामसिंह राईलाई कांग्रेस र माओवादीले समर्थन गरेका छन् ।

जिल्लाभरि एमालेविरुद्ध तालमेल गरेर जाने बारे छलफल भइरहेको संघीय समाजवादीले जनाएको छ ।

एमालेले छान्यो चुनावी हस्ती

दुई नगरपालिका र ७ गाउँपालिका रहेको भोजपुरमा एमालेले केही उम्मेदवारहरु जिल्लाबाटै टुंगो लगाएको छ भने बाँकीको टुंगो १ नम्बर प्रदेश कमिटीले लगाएको छ ।
एमालेले भोजपुर नगरपालिकाको मेयरमा गणेश श्रेष्ठ र उपमेयरमा ममिता राईलाई खडा गरेको छ । जिल्ला सदरमुकाम रहेको भोजपुर नगरपालिकालाई सबै पार्टीले प्रतिष्ठाको विषय बनाएका छन् ।

त्यस्तै जिल्लाको अर्को षडानन्द नगरपालिकामा एमालेले मेयरमा सुरेन्द्र उदास र उपमेयरमा मेरिका राईलाई खडा गरेको छ ।

एमालेका जिल्ला अध्यक्ष प्रेमकुमार राई हतुवागढी गाउँपालिकाको अध्यक्षका उम्मेदवार बनेका छन् भने उपाध्यक्ष सुरेन्द्र उदास षडानन्द नगरपालिकाको मेयर उम्मेदवार बनेका छन् ।

यस्ता छन् भोजपुरका एमाले उम्मेदवार

१ भोजपुर नगरपालिकाः मेयर गणेश श्रेष्ठ, उपमेयर ममिता राई
२ षडानन्द नगरपालिकाः मेयर सुरेन्द्र उदास,उपमेयर मेरिका राई
३ साल्पा सिलिछो गाउँपालिकाःअध्यक्ष खगेन्द्र राई,उपाध्यक्ष बाँकी
४ अरुण गाउँपालिकाःअध्यक्ष नारायण घिमिरे,उपाध्यक्ष कविता राई
५ ट्याम्के मैयुम गाउँपालिकाःअध्यक्ष धु्रव राई,उपाध्यक्ष इन्द्रावती राई
६ रामप्रसाद राई गाउँपालिकाः अध्यक्ष बिजय राई,उपाध्यक्ष कृतिका राई
७ःहतुवागढी गाउँपालिकाःअध्यक्ष प्रेमकुमार राई,उपाध्यक्ष चन्द्रमा राई
८ः आमचोक गाउँपालिकाःअध्यक्ष बहादुर राई,उपाध्यक्ष दिव्यकला राई
९ःपौवादुङ्गा गाउँपालिकाःअध्यक्ष किरण राई,उपाध्यक्ष ज्योत्सना राइ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?