Comments Add Comment

गाउँपालिका प्रमुखको पहिलो निर्णयः जमिन बाँझो राखे जरिवाना

१७ जेठ, काठमाडौं । कास्कीको मादी गाउँपालिकाले जमिन बाँझो राख्नेलाई कारबाही गर्ने निर्णय गरेको छ । नवनिर्वाचित अध्यक्ष वेदबहादुर गुरुङ, उपाध्यक्ष विष्णुमाया पौडेलसहित वडाध्यक्षहरुको पहिलो बैठकले मंगलबार यस्तो निर्णय गरेको हो ।

‘गाउँमा कृषि क्रान्ति गर्नुपर्छ, जमिन बाँझो राख्नु हुँदैन भनेर यस्तो निर्णय गरेका हौं,’ अध्यक्ष वेदबहादुर गुरुङले भने ।

सिँचाइ सुविधा पुगेका जमिन बाँझो राखे दण्ड जरिवाना गर्ने निर्णय भएको उनले बताए ।

आफूहरुको कार्यकालभित्र प्रत्येक गाउँटोलसम्म मोटरबाटो पुर्याउने, प्रत्येक घरमा खानेपानीको धारा पुर्याउने, प्रत्येक वडामा बिजुली पुर्याउने र १२ वटै वडामा वाइम्याक्स इन्टरनेट जोडेर सेवाग्राहीका सेवा चुस्त पार्ने, अनलाइन सेवा दिने निर्णय पनि जनप्रतिनिधिले गरेको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment