+
+

एकपछि अर्को फिल्ममा प्रियंका र बर्षा, के छ कनेक्शन ?

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ १७ गते १३:२९


एक नायक र एक नायिकाले एकपछि अर्को चलचित्रमा काम गर्दा धेरैले त्यसलाई सफल जोडीको रुपमा हेर्ने गर्छन् । जस्तो कि, नायक दयाहाङ राई र नायिका प्रियंका कार्कीले ब्याक टू ब्याक आधा दर्जन बढी चलचित्रमा काम गर्दा उनीहरुको प्रेम नै रहेको चर्चा भयो ।

तर, अहिले दुई जना नायिकाहरुले एकपछि अर्को चलचित्रमा ब्याक टू ब्याक काम गरिरहेका छन् । चलचित्र ‘नाई नभन्नु ल ४’मा नायिका प्रियंका कार्की आमाको भूमिकामा देखिदा नायिका बर्षा राउत डेब्यू नायिकाको रुपमा चलचित्रमा भित्रिइन् । यो चलचित्र हिट भयो, कार्की र राउत नजिक देखिए । यसपछि, यी दुइले चलचित्र ‘छक्का पन्जा’मा पनि काम गरे । यो चलचित्रमा काम गर्दासम्म त प्रियंका नम्बर १ नायिका भैसकेकी थिइन् भने बर्षालाई पनि उदाउँदै गरेकी नायिकाको रुपमा हेरियो ।

यसपछि, बर्षाले ‘जात्रा’ नामक हिट चलचित्र दिइन् । प्रियंकाको विकल्पमा अहिले नेपालमा कमै मात्र नायिका छन् भने बर्षा पनि रोजाइको नायिका बनिसकेकी छिन् । हुनत, नायिका राउतले चलचित्र ‘मिस्टर झोले’मा काम गर्दा उनले प्रियंकालाई रिप्लेस गरेको चर्चा चल्यो ।

तर, फेरि यी दुई नायिकाले ‘छक्का पन्जा २’ चलचित्रमा काम गरे । ‘छक्का पन्जा’की नायिका नम्रता सापकोटालाई रिप्लेस गर्दै ‘छक्का पन्जा २’मा स्वस्तिमा खड्का भित्रिदा कार्की र राउत यथावत् नै रहे ।

एकसाथ ३ चलचित्रमा काम गरेर ह्याटि्रक गरेका २ सुन्दरी हाल छायांकन भैरहेको चलचित्र ‘फाटेको जुत्ता’मा पनि जोडिन आइपुगेका छन् । सुरुमा यो चलचित्रमा प्रियंका कार्की मात्र मुख्य भुमिकामा थिइन् भने अहिले विरगञ्जमा नायिका राउत पनि जोडिन आइपुगेकी हुन् ।

यी दुइ नायिकाले छोटो समयमा नै ४ वटा चलचित्रमा एकसाथ काम गरेका छन् । बजारमा, यी दुइको हाइ डिमाण्ड छ भनेर यसबाट पनि वुझ्न सकिन्छ । निर्माताहरु प्रियंका र बर्षा दुबैलाई एउटै चलचित्रमा राखेर दुबैको फ्यान क्रेजलाई हलसम्म तान्न चाहन्छन् । हेरौ, प्रियंका र बर्षाले कतीवटा चलचित्रमा एकसाथ काम गर्ने हुन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?