Comments Add Comment

लमजुङ सदरमुकाम बेसीशहर अब सिसी क्यामेराको निगरानीमा

१८ जेठ,लमजुङ । लमजुङ सदरमुकाम बेसीशहर अब सिसी क्यामेराको निगरानीमा रहने भएको छ । बजारको चोक– चोकमा सिसिक्यामेरा जडान गरिएपछि बेसीशहर सिसी क्यामेराले निगरानी गर्ने भएको हो ।

आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने र बजारवासीलाई सुरक्षा प्रदान गर्ने मुख्य उद्देश्यका साथ सिसी क्यामेरा जडान गरिएको हो ।

लमजुङ उद्योग वाणिज्य संघ बेसीशहर इकाईको सक्रियतामा जडान गरिएको सीसी क्यामराको उदघाटन बिहीबार जिल्ला न्यायाधीश अर्जुन अधिकारीले गरे ।

बेसीशहरको २३ वटा चोकमा सिसी क्यामेरा जडान गरिएको छ । बजार क्षेत्रमा ट्राफिक नियम उल्लंघन तथा अन्य अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास प्रहरीले लिएको छ । पाँचसय मिटर दूरी सम्मको क्रियाकलाप प्रष्ट रेकर्ड गर्न सक्ने अत्याधुनिक क्यामेरा जडान गरिएको जानकारी उद्योग वाणिज्य सँघ बेसीशहर इकाईका अध्यक्ष कृष्णजंग गुरुङले दिए ।

जिल्ला सदरमुकामको भौगोलिक बनावट सुरक्षाका दृष्टिले संवेदनशील भएको र कुनै घटनापछि अभियुक्त वा अपराधी सजिलै फरार हुने सम्भावना बढिरहेकाले सिसि क्यामेरामार्फत निगरानी गर्न सघाउ पुग्ने प्रहरी नायव उपरीक्षक समीरचन्द्र खरेलले बताए ।

२० लाखको लगानीमा सीसी क्यामरा गरेको इकाइले प्रथम बेसीशहर महोत्सवबाट क्यामरा जडान खर्च संकलन गर्ने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment