Comments Add Comment

ओप्पोद्वारा नेपालमा अन्तर्राष्ट्रिय फ्रान्चाइज ‘आयडल’को प्रमुख प्रायोजन

नेपाली सांगितिक प्रतिभालाई अवसर दिने लक्ष्य


१८ जेठ , काठमाडौं । नेपालकै पहिलो अन्तरराष्ट्रिय फ्रान्चाइज टेलिभिजन शो, ‘नेपाल आयडल’लाई अन्तरराष्ट्रिय मोबाइल फोन ब्राण्ड ओप्पोले प्रमुख प्रायोजकका रुपमा प्रायोजन गरेको छ । उत्कृष्ट गायनकला भएरपनि अवसरको अभावमा मुलधारमा आउन नसकिरहेका नेपाली प्रतिभालाई सुनौलो अवसर प्रदान गर्ने सोचका साथ ओप्प्पोले प्रायोजनका लागि नेपाल आयडलको छनोट गरेको कम्पनीका ब्राण्ड म्यानेजर माइकल लीले बताए ।

‘हामी विज्ञापनका लागि मात्र प्रायोजन गर्न चाहदैनौँ । हाम्रो लगानीले देशमा रहेका समस्या केही मात्रामा भएपनि समाधान होस् भन्नु हाम्रो उद्देश्य हो । अन्तरर्राष्ट्रिय बजारका साथै नेपालमा पनि हामी यही उद्देश्यपूर्तिको प्रयास गरिरहेका छौँ । नेपाल आयडलको प्रायोजन यसैको उपज हो ‘ लीले भने ।

६ अर्ब ५० करोडले हेर्छन् आयडल

रियालिटी टेलिभिजन गायन प्रतिस्पर्धा ‘आयडल्स’को ढाँचा बि्रटिश टेलिभिजन प्रड्यूसर सायमन फुलरले तयार पारेका हुन् । त्यसैगरी यसको विकास फरमेन्टल मिडियाले गरेको हो । सन् २००१मा बि्रटिस टेलिभिजन सिरिज पप आयडलका रुपमा सञ्चालन गरिएको आयडल सिरिजलाई पहिलो पटक पोलिस सिरिज आयडलका रुपमा सन् २००२मा ‘एडेप्टेशन’ गरिएको हो ।

लगतै कार्यक्रम विश्वमै सर्वाधिक हेरिने टेलिभिजन फ्रान्चाइजका रुपमा स्थापित हुँदै गएको छ । कार्यक्रममा अपनाइएको ढाँचा विश्वका ४६ क्षेत्र र १ सय ५० भन्दा बढी देशमा विभिन्न परिमार्जित ढाँचा सहित प्रसारण हुँदै आइरहेको छ ।

कार्यक्रमका परिमार्जित संस्करण विश्वभरका ६ अर्ब ५० करोड (६.५ बिलियन) दर्शकले हेर्ने गर्छन् ।

आयडलबाट चर्चित केही नाम

यूनाइटेड किङ्दमका विल योङ्, अमेरिकाका केली क्लार्कसन र क्यारि अन्डरउड, अष्ट्रेलियाका गाय सिबेस्टिन लगायत आयडल सिरिज विजेता भए पश्चात लोकप्रियताको शिखर चढेका केही गायक गायिकका नाम हुन् ।


त्यसैगरी सिरिज नजितेतापनि सिरिजकै कारण चर्चाको शिखरमा पुगेका सफल कलाकारका केही नाममा अमेरिकाका एण्थन केली, क्यानेडाका जेकब होगार्ड, कार्लि रे जेप्सन, अमेरिकाका क्रिस डटि्र र क्ले आएकन यस्तै केही नामहरु हुन् ।

यसैगरी कार्यक्रममा उपस्थितीकै कारण अभिनय लगायत क्षेत्रमा नाम कमाउनेहरु पनि धेरै छन् । यस्तै, नाममा एकेडेमी अवार्ड विजेता जेनिफर हड्सन चिरपरिचित नाम हो ।

नेपालमा पनि ट्रेण्डिङ्

नेपालमा पनि अहिले आयडल संस्करणले अत्यधिक चर्चा तथा लोकपि्रयता पाइरहेको छ । कार्यक्रमको बढ्दो क्रेज र यू-ट्युब, फेसबुक लगायत, सामाजिक सञ्जालमा यसको चर्चाले कार्यक्रमको सफलताको प्रमाण दिन्छ ।

जनजिब्रोमा समेत यसको ब्यापक चर्चाले कार्यक्रमका विजेता तथा सहभागीले उल्लेख्य सफलता पाउने सहजै अनुमान गर्न सकिन्छ । करिव ९ एपिसोड प्रशारित हुँदा सम्ममा यसका सहभागीले अहिले पाइरहेको चर्चा र लोकपि्रयता यसको प्रमाण हो ।

‘नेपालमा हाम्रो यस प्रायोजनले नयाँ प्रतिभा जन्माउन उल्लेख्य सहयोग गर्नेमा हामी निकै आशावादी छौँ ‘, लीले भने । आयडलको नेपाली संस्करण ‘नेपाल आयडल’ एपीवान टेलिभिजनबाट प्रशारित भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment