Comments Add Comment

आर्थिक समाचार: आयात १० खर्ब नाघ्ने संकेत

१९ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष आयात व्यापारमा १० खर्ब नाघ्ने सम्भावना देखिएको छ । आर्थिक वर्षको पहिलो १० महिनामा विभिन्न मुलुकवाट आठ खर्ब सात अर्ब २७ करोडको वस्तु भित्रिएपछि यस्तो संकेत देखिएको हो ।
भन्सार विभागको १० महिनाको आयात तथ्याङ्क केलाउदा औसतमा मासिक ८० अर्ब ७२ करोड रुपैयाँको बस्तु भित्रिएको देखिन्छ । यही अनुपातमा आयात बढ्दै गए एक वर्षमा १० खर्बभन्दा बढीको वस्तु आयात हुने देखिएको हो । आजको नागरिक दैनिकले आयात १० खर्ब नाघ्ने संकेतलाई मुख्य समाचार बनाएको छ ।
महेन्द्र राजमार्ग सबैतीर चार लेनको लेखेको नागरिकले लेन्स उतपादन बढाउन १० करोडलाई पनि लेखेको छ ।
उद्योग नीति आकर्षक कार्यक्रम भने सून्यलाई कारोबार दैनिकले मुख्य समाचार बनाएको छ । इम्बोस्ड नम्बर प्लेटमा ७ अर्ब खर्च हुँदैलाई पनि कारोबारले लेखेको छ । फोहोर व्यवस्थापन परियोजनाको पीडीए अन्तिम चरणमालाई पनि कारोबारले लेखेको छ ।
५ खर्ब पुँजीको औद्योगिक विकास कोष स्थापना हुँदैलाई नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ । तातोपानी नाका छिट्टै सञ्चालनमालाई पनि नागरिकले लेखेको छ । पूर्वाधार निर्माणपछि ५ वर्षसम्म व्यवसायी जिम्मेवारलाई पनि नयाँ पत्रिकाले लेखेको छ ।
महिनामा दुईपटक कर्जा ब्याज बृद्धिलाई मुख्य समाचार बनाएको छ । जिडिपीमा उद्योगको योगदान घट्योलाई पनि अन्नपूर्णले लेखेको छ । ५ खर्बको औद्योगिक विकास कोष स्थापना हुँदैलाई अभियानले मुख्य समाचार बनाएको छ । नेपाल–चीन व्यापार सन्दर्भमा स्वतन्त्र व्यापारका लागि सम्भाब्यता अध्ययनलाई पनि अभियानले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment