+
+

गाउँपालिकाको पहिलो बैठकमा नै नाम र केन्द्र परिवर्तन गर्न निर्णय

नवराज पथिक नवराज पथिक
२०७४ जेठ १९ गते २०:१०
गाउँपालिका अध्यक्ष गोविन्द खड्का र उपाध्यक्ष दीपशिखा दाहाल

१९ जेठ,रामेछाप । रामेछापको एक गाउँपालिकाले पहिलो बैठकबाटै नाम र केन्द्र परिवर्तन गर्न निर्णय गरेको छ । जिल्लाको लिखु गाउँपालिकाले सो गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्नेको लागि स्थानीय विकास मन्त्रलायमार्फत सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाको पहिलो पूर्णबैठकले गाउँपालिकाको नाम पविर्तन गरी लिखु तामाकोसी नामाकरण गर्न प्रस्ताव गरेको छ । साथै गाउँपालिकाको हाल बिजुलीकोटमा रहेको केन्द्र परिवर्तन गरी साविकको नागदह र बिजुलीकोट गाविसको सिमानामा रहेको धोवी बजारमा केन्द्र राख्ने गरी निर्णय गरेको छ ।

सोही गाउँपालिकासँग जोडिएको ओखलढुङ्गा जिल्लामा पनि लिखु गाउँपालिका भएकोले एउटै नाम हुँदा पहिचानमा समस्या तथा अलमल हुने भएकोले गाउँपालिकाको नाम फेरेर लिखु तामाकोसी गाउँपालिका नामाकरण गर्न सिफारिस गरिएको लिखु गाउँपालिकाकी उपाध्यक्ष दीपशिखा दाहाले जानकारी दिइन् ।

यसैगरी अहिले केन्द्र तोकिएको स्थान भन्दा धोबीबजार सबैलाई पायक पर्ने र पुरानो बजार समेत भएकोले सो ठाउँलाई केन्द्र तोक्न निर्णय गरी पठाइएको उनले जानकारी दिइन् । अहिलेको गाउँपालिकाको केन्द्र धोवीबजारबाट ४५ मिनेट तल बिजुलीकोट गाविसमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?