Comments Add Comment

चुडामणि शर्मालाई थुनामा राखेर अनुसन्धान गर्न ७ दिनको म्याद

२१ जेठ, काठमाडौं । आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई अनुसन्धान गर्न विशेष अदालतले सात दिनको म्याद दिएको छ । शुक्रबार पक्राउ परेका शर्मालाई अख्तियारले आइतबार बिहान विशेष अदालतमा उपस्थित गराएको थियो ।

विशेष अदालतले शनिबारदेखि लागू हुने गरी शर्मालाई थुनामा राखेर अनुसन्धान गर्न ७ दिनको म्याद दिएको छ ।

अदालत परिसरमा सन्चारकर्मीसँग संक्षिप्त कुरा गर्दैै शर्माले आफूलाई पक्राउ गरेर अख्तियारले संसद र सरकारको अपमान गरेको आरोप लगाए ।

नियम विपरित बिभिन्न फर्महरुलाई कर छुट दिने लगायतका अनियमितता गरेको आरोपमा अख्तियारले शुक्रबार शर्मालाई पक्राउ गरेको थियो । अख्तियारले भ्रष्टाचार आरोपमा पक्राउ गरेपछिसँगै शर्मा पदबाट निलम्बित भएका छन् । उनी सचिव हुने रोलक्रममा थिए ।

यो पनि पढ्नुहोस् 

‘किताब बेचेर’ २३ करोड कमाउने चूडामणि शर्मा को हुन् ?

आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मा पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment