Comments Add Comment

अज्ञात समूहद्वारा स्काभेटरमा आगजनी

२१ जेठ, रौतहट । अज्ञात समूहले चुरे फेदीमा रहेको रौतहटको चन्द्रपुर-३ गैंडाटारमा शनिबार राती स्काभेटरमा आगजनी गरेका छन ।

५/६ जनाको नकावधारी समूहले चन्द्रपुर र गैडाटार जोडने चादी खोलामा निर्माणाधिन पुलको प्रयोजनका लागि ल्याइएको स्काभेटरमा आगजनी गरेर क्षति पुर्‍याएका हुन् ।

स्काभेटरमा आगजनी भएको खबर पाउना साथ तत्कालै इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट घटनास्थलमा प्रहरी पुगेर आगो निभाउने प्रयास गरे पनि स्काभेटर जलेर क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

स्काभेटरमा आगजनी कसले र किन गरेको हो भन्ने सम्बन्धमा अनुसन्धान कार्य सुरु गरिएको रौतहटका एसपी यज्ञविनोद पोखरेलले बताए । समूहको खोजी कार्य जारी रहेको उनको भनाइ छ ।

रौतहटको उत्तरी क्षेत्रमा पर्ने गैडाटार बस्ति हुदै मकवानपुर जोडन पुलको पप्पु शिवशंकर जेभीले २२ करोड ४४ लाख ४६ हजार २६७ रुपैयाँ ८१ पैसामा ठेक्का सकार गरी निर्माण कार्य अगाडि बढाएको थियो ।

४६९.५० मिटर लम्बाई र ७.५० मिटर चौडाई रहको निर्माणाधिन पुलमा प्रयोग हुने सामग्री र सवारीसाधनको संरक्षण र रेखदेखको लागि चौकीदार राखेपनि अज्ञात समूहले उनलाई समेत नियन्त्रणमा लिएर स्काभेटरमा आगजनी गरेका थिए ।

विप्लव समूहलाई निर्माण पक्षले चन्दा नदिदा अज्ञात नकावधारी समूहको रुपमा कार्यकर्ता प्रयोग गरी आगजनी गराएको हुन सक्ने आशंका स्थानीयहरुले गरेको छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment