Comments Add Comment

दाङको गढवामा माओवादीको चुनाव प्रचार तीब्र

२२ जेठ, दाङ । नेकपा माओवादी केन्द्र गढवाले चुनाव प्रचार तीब्र बनाएको छ । दैनिक घरदैलो र भेटघाटसहित चुनावी प्रचार तीब्र बनाएको माओवादी केन्द्र चुनाव परिचालन समिति गढवाका संयोजक यमनारायण पोखे्रेल ‘विश्वास’ले जानकारी दिए ।

माओवादी केन्द्रले गढवा गाउँपालिकाको अध्यक्षमा पोलिटब्यूरो सदस्य लुमाकान्त न्यौपाने ‘सागर’ र उपाध्यक्षमा रमाकुमारी चौधरीलाई अघि सारेको छ ।

त्यस्तै माओवादी केन्द्रले वडा नम्बर १ को अध्यक्षमा पुरण यादव, २ मा भक्तु चौधरी, ३ मा तुलसीराम अधिकारी, ४ मा कैलाश चौधरी, ५ मा प्रकाश भण्डारी, ६ मा विरवहादुर आले, ७ मा ज्ञानबहादुर परियार र ८ नम्बर वडाको अध्यक्ष सद्धाम सिद्दीकीलाई अघि सारेको छ ।

जिल्लाको राम्रो संभावना बोकेको बजार गढवादेखि जिल्लाको पूर्वी नाका कालाकाटे र पुरानो भन्सार रहेको नाका कोइलाबास यी गाउँपालिकामा रहेकाले मतदाताहरुले यहाँको विकास निर्माणमा बढी जोड दिने गरेको संयोजक पोख्रेलले जानकारी दिए ।

चुनाव प्रचारका क्रममा लमही-कोइलाबास सडक, कोइलाबास भन्सार सञ्चालन, कालाकाटे हुँदै बाँके जोड्ने दक्षिणी राजमार्ग, राप्ती नदीमा तटबन्धलगायतका विकासका एजेण्डा यहाँका मतदाताको माग रहेको उनले बताए ।

जनताका आवश्यक मागलाई सूचीबद्ध गरेर चुनाव जितेपछि गर्न सकिने कामको प्रतिबद्धतापत्रसहित चुनाव प्रचार अघि बढाएको अध्यक्ष पदका उम्मेदवार न्यौपानेले बताए । आफू दुई दशकदेखि दाङको राजनीतिमा क्रियाशील रहेको, शान्ति समिति संयोजकलगायत जिल्लास्तरीय सरकारी कामकाजसँग पनि जोडिएकाले गढवाको विकासमा आफ्नो पूरै ध्यान केन्दि्रत भएको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment