Comments Add Comment

३० लाख नेपालीमा बाथरोग

८५ प्रतिशत बिरामीले उपचार गराउँदैनन्

२२ जेठ, काठमाडौ । नेपालमा कुल जनसंख्याको करिब १० प्रतिशत अर्थात ३० लाख मानिसमा कुनै न कुनै प्रकारको बाथ रोग भएको अनुमान गरिएको छ ।

नेशनल बाथ रोग सेन्टरका अध्यक्ष तथा बाथरोग विशेषज्ञ डा. बिनित बैद्यले यस्तो जानकारी दिएका हुन् ।

बाथ रोगको उपचार र अनुसन्धानमा कार्यरत नेशनल बाथ रोग सेन्टरको चौथो वाषिर्कोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सेन्टरका अध्यक्ष बैद्यले बाथ रोग लाग्नेमध्ये जम्मा १५ प्रतिशत बिरामी मात्र यस रोगको उपचार र पहुँचमा रहेको बताए ।

बाँकी ८५ प्रतिशत बिरामी उपचारको घेरामा नहुनु ठुलो चुनौती रहेको उनको भनाइ छ । त्यसैगरी, बाथ रोगी मध्ये ७० प्रतिशतले बिचैमा औषधि छोड्ने गरेको सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले जानकारी दिए ।

उनका अनुसार सेन्टरका काठमाडौं,पोखरा, भक्तपुर, ललितपुर गरी ४ वटा शाखाबाट वहिरंग र निः शुल्क स्वास्थ्य शिविरमा गरी ४ वर्षको अवधीमा लगभग ७५ हजार बिरामीले सेवा लिइसकेका छन् ।

बाथरोगको उपचार नगरे के हुन्छ ?

बाथ रोगको समयमै उपचार गरिएन भने यसले शारिरीक अंगभंग हुनुका साथै ज्यानै जान सक्छ । तर, यस रोगका बारेमा अझै पनि धेरैलाई जानकारी हुन सकेको छैन ।

सरकारले यस्तो जटिल प्रकारको रोगका लागि स्वास्थ्यकर्मीलाई तालिम र शिक्षा दिने वातावरण नबनाउने हो भने अबकोे केही वर्षमा स्थिती भयावह हुने विशेषज्ञ चिकित्सक डा वैद्य बताउँछन् ।

हाल नेपालमा औंलामा गन्न सकिने केही बाथ रोग विशेषज्ञ छन् । जसले गर्दा उपचारमा नआएका विरामी सबै उपचारमा आउने हो भने पनि ती सबैलाई हेर्न सक्ने जनशत्ति प्रयाप्त नभएकाले यसप्रति सरकार गम्भीर हुन जरुरी रहेको सेन्टरको ठम्याई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment