+
+

आर्थिक समाचार: विलम्ब शुल्कको मारमा व्यवसायी

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २३ गते ६:०२

२३ जेठ, काठमाडौं । तेस्रो मुलुकबाट आयात गरिएको सामान समयमा नेपाल भित्रयाउन नसक्दा व्यवसायी अतिरिक्त शुल्क तिर्न वाध्य छन् । कोलकाताबाट सामान बोकेका कन्टेनर/ट्रक नेपाल भित्रिन महिना दिनसम्म लागेपछि व्यवसायी विलम्ब शुल्क र जरिबाना तिर्न बाध्य भएका हुन् । व्यवसायीले १५ दिनभित्र नेपालमा सामान झारेर कन्टेनर सिपिङ (जहाज) कम्पनीलाई फिर्ता गरिसक्नुपर्छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकले विलम्ब शुल्कको मारमा व्यवसायीलाई मुख्य समाचार बनाएको छ । पूर्वजानकारी दिएर अनुगमनलाई पनि अन्नपूर्णले लेखेको छ । त्यस्तै वित्तीय संस्थामा पाँचदेखि सात जनामात्र सञ्चालकलाई पनि अन्नपूर्णले लेखेको छ ।

बाहिरी चक्रपथको जग्गाप्राप्ति प्रकृया जेठभित्रै सुरु हुनेलाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । मिलेमतोमा बजार अनुगमनलाई पनि नयाँ पत्रिकाले लेखेको छ । तीन महिनामा साढे ४ अर्ब लगानी प्रतिबद्धतालाई पनि नयाँ पत्रिकाले लेखेको छ ।

राजनितीक साझेदारमा लुफ्थान्सालाई कारोबार दैनिकले मुख्य समाचार बनाएको छ । लक्ष्य पुरा गर्न दैनिक पौने ४ अर्ब खर्चिनुपर्नेलाई कारोबारले लेखेको छ । वित्तिय क्षेत्रवाट बाहिरिँदै अनुभवी बैंकरलाई लेखेको कारोबारले धुर्मुस–सुन्तली ‘मिनी नेपाल’ अवधारणालाई पनि कारोवारले लेखेको छ ।

कृषिको योगदान घट्दोलाई अभियान दैनिकले मुख्य समाचार बनाएको छ । व्यवस्थित सहर बनाउन ३० अर्बलाई नागरिकले मुख्य समाचार बनाएको छ । काठमाडौं– दोहाका हवाई यात्रुलाई असर नपर्नेलाई पनि नागरिकले लेखेको छ । बैंक सञ्चालकको संख्या घटाउन निर्देशनलाई पनि नागरिकले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?