Comments Add Comment

९ करोडको लगानीमा सेभेन ओन्डर्स वाटर पार्क एण्ड रिसोर्ट सञ्चालनमा आउने

२३ जेठ, पोखरा । पोखरा लेखनाथ महानगरपालिका-२३ मा रहेको बेगनास क्षेत्रलाई मिनि लेकसाइड बनाउने भन्दै नयाँ रिसोर्ट निर्माण शुरु भएको छ ।

बेगनास ताल वरिपरीको क्षेत्रलाई लेकसाइडलाई जस्तै पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले स्थानीय शिवराम भण्डारी परिवारले लेखनाथको तालचोकमा सेभेन ओन्डर्स वाटरपार्क एण्ड रिसोर्ट प्रा.लि. निर्माण शुरु गरेको हो ।

लेकसाइडलाई पोखराको मुख्य पर्यटकीय क्षेत्र मानिन्छ । बेगनास भने पर्यटकीय क्षेत्र भएपनि लेकसाइड जस्तो पर्यटकीय केन्द्र बन्न सकेको छैन ।

अब यसलाई पनि पर्यटकीय केन्द्र बनाएर पर्यटक भित्राउने उद्देश्य अनुरुप रिसोर्ट खोल्न लागिएको सेभेन ओन्डर्स वाटर पार्क एण्ड रिसोर्ट प्रालिका अध्यक्ष शिवराम भण्डारीले बताए ।

नौ रोपनी क्षेत्रफलमा ९ करोड खर्चेर रिसोर्ट सञ्चालन गर्न लागिएको सञ्चालकले बताएका छन् ।

रिसोर्टमा ३ प्रकारका स्विमिङ पुल निर्माण गरिने प्रालिका अध्यक्ष भण्डारीले बताए । आउँदो दशैंदेखि सञ्चालनमा ल्याउनेगरी काम भइरहेको र अहिलेसम्म ६० प्रतिशत निर्माण सम्पन्न भएको भण्डारीले बताए ।

रिसोर्ट भित्रै रेष्टुरेण्ट, सभाहल, माछा पोखरी, वाटरफल -कृतिम झरना), लाईभ म्युजिक, वाल उद्यान, आईस-क्रिम पार्लर, बेकरी, लजिङ फुडिङको व्यबस्था हुनेगरी पूर्वाधार तयार भईरहेको प्रालिका कार्यकारी निर्देशक अर्जुन भण्डारीले जानकारी दिए ।

वाटर पार्क अन्तर्गत २० फुट उचाईबाट स्लाईडिङ पुलमार्फत डाईभिङ गरेर स्विमिङको आनन्द लिनसक्ने गरी स्विमिङ पुल निर्माण गरिने उनले बताए ।

रिसोर्ट स्थानिय, छिमेकी स्थानीय तहसहित आन्तरिक र वाहृय गरी तीनै प्रकारका पर्यटकलाई लक्षित गरी खोल्न लागिएको भण्डारीले बताए । रिसोर्टभित्रै बोटानिकल गार्डेन बनाईने पनि उनले जानकारी दिए ।

प्रालिका कार्यकारी निर्देशक अर्जुन भण्डारी प्रालिका अध्यक्ष शिवराम भण्डारीका सहोदर छोरा हुन् । दुई बुबा छोरा मिलेर रिसोर्ट सञ्चालन गर्ने तयारी गरेका छन् । कार्यकारी निर्देशक अर्जुन विज्ञान संकायको स्नातक तह तेस्रो वर्षमा अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment