Comments Add Comment

डेढ वर्षपछि निगमलाई ग्यासमा नाफा, महिनामै कमाउँदैछ २५ करोडभन्दा बढी


२४ जेठ, काठमाडौं । लामो समयपछि नेपाल आयल निगम एलपीजी ग्यासमा पनि नाफामा फर्किएको छ । झण्डै डेढ वर्षपछि निगमले ग्यासमा नाफा कमाउन सुरु गरेको हो ।

निगमले लामा समयदेखि ग्यासमा घाटा बेहोरिरहेको थियो । अन्य पेट्रोलियम प्रोडक्टबाट हुने नाफाको मद्धतामा यसको पूर्ति गरिरहेको निगमले जुन महिनाबाट भने सबै प्रोडक्टमा नाफा कमाउन सुरु गरेको छ ।

भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमलाई ग्यासमा प्रतिसिलिन्डर झण्डै ४० रुपैयाँ नाफा भएको हो ।

योसँगै निगमले मासिक आफ्नो नाफा २५ करोड पुर्‍याएको छ । निगमका अनुसार अहिले निगमलाई कुनै पनि पेट्रोलियम पदार्थमा घाटा छैन ।

निगमलाई पेट्रोलमा मात्रै प्रतिलिटर ५ रुपैयाँभन्दा धेरै नाफा छ । अहिले डिजेलमा पनि निगमलाई प्रतिलिटर १ रुपैयाँ नाफा छ ।

त्यसैगरी अन्तरितर्फको हवाई इन्धनमा निगमले प्रतिलिटर ११ रुपैयाँ नाफा कमाउँछ भने अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा १८ रुपैयाँ नाफा भइरहेको निगमले जनाएको छ । मटि्टतेलमा मात्रै निगमलाई लिटरमै १८ रुपैयाँ नाफा छ ।

निगमका प्रवक्ता सीताराम पोखरेल अहिले नेपालमा पेट्रोलको मूल्य भारतको सीमा क्षेत्रको भन्दा १२ रुपैयाँ सस्तो भएको दावी गर्छन् । डिजेल पनि भारतमा भन्दा २० रुपैयाा सस्तोमा निगमले बेचिरहेको उनको भनाइ छ ।

‘हामीले केही समय घाटा सहेर पनि तेल र ग्यास बेच्यौं । चुनावअघि मूल्य समायोजन गर्न नसकिने अवस्था छ’ पोखरेलले भने,’अवस्था हेरेर चुनावपछि समायोजन गर्न सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment