Comments Add Comment

धर्मुस-सुन्तलीको ‘नमूना नेपाल’ का लागि गिरीको एक लाख सहयोग घोषणा

फाइल तस्वीर

७ जून, बार्सिलोना । धुर्मुस-सुन्तलीको ‘नमूना नेपाल’ परियोजनाका लागि गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य एकराज गिरीले एक लाख रुपैयाँ सहयोग घोषणा गरेका छन् ।

धुर्मुस-सुन्तली फाउन्डेशनले ५ अर्ब बजेटमा तयार हुने ‘नमूना नेपाल’ को अवधारणा अगाडि सारे लगत्तै गिरीले सहयोग घोषणा गरेका हुन् ।

पैयुँपाटा बलेवा बाग्लुंग स्थायी घर भएका गिरी बिगत एक दशक देखि स्पेनमा बसोबास गर्दै आएका छन् ।

गिरी एनआरएनए स्पेनका पूर्व अध्यक्ष तथा स्पेनका लागि नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि समेत हुन् । ‘हिमाल, पहाड र तराइलाई एउटै स्थानमा चित्रित गर्दै बन्ने ‘नमूना नेपाल’ को प्रस्तावित भिडियो हेरे पछि मन छोयो,’ उनले भने, ‘जग्गा उपलब्ध भई योजनाको शिलान्यास हुने दिन मेरो १ लाख रुपैयाँ सहयोग पुग्नेछ ।’

हरेक नेपालीले २ सय रुपैयाँका दरले सहयोग गरे ६ अर्ब रुपैयाँ उठ्ने तथा विदेशमा बस्ने नेपालीले २ हजारका दरले सहयोग गरे ८ अर्ब रुपैयाँ भन्दा बढी रकम उठ्ने विश्वास धुर्मुस-सुन्तली फाउन्डेशनले लिएका छन् ।

गिरीले धुर्मुस-सुन्तलीको बिश्वासको एउटा हिस्सा आँफू पनि भएकाले सहयोग घोषणा गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment