Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेजः सात मन्त्रीसहित देउवाले सम्हाले बागडोर

२५ जेठ, काठमाडौं । प्रधानमन्त्रीमा निर्वाचित भएको भोलिपल्ट कांग्रेस सभापति शेरबहादुर देउवाले सात जना मन्त्रीसहित शपथ लिएर कार्यभार सम्हालेको विषयले आजका पत्रपत्रिकाहरु भरिएका छन् । पत्रपत्रिकाहरुले कांग्रेसलाई ११, माओवादीलाई ९ र अन्यलाई बाँकी मन्त्रालय दिने गरी सत्ता समीकरण मिलाइएको लेखेका छन् । देउवाका प्राथमिकतालगायत सामग्री पनि आजका पत्रपत्रिकाहरुमा छापिएका छन् ।

मन्त्रिपरिषद्ले अनुभवी मन्त्री पाएकोदेखि काठमाडौं उपत्यकालाई मेट्रो सिटी बनाउन विज्ञले सुझाव दिएकोसम्मका खबरलाई गोरखापत्र दैनिकले पहिलो पृष्ठमा स्थान दिएर छापेको छ ।

‘देउवाका पाँच प्राथमिकता’ शीर्षक दिएर मुख्य लेखेको अन्नपूर्ण पोस्ट दैनिकले अमेरिकाबाट सात नेपाली निष्कासित भएको जनाएको छ । जर्मन राजदूत कार चढेर स्वदेश जान लागेको अर्को खबर पनि अन्नपूर्णमा छ ।

कान्तिपुर दैनिकले गौरको चुनावी चहलपहलदेखि सिंहदरबारको चहलपहलसम्मका विषयालाई पहिलो पृष्ठमा स्थान दिएर लेखेको छ ।

नागरिक दैनिकले माओवादी केन्द्रले रुकुममा जनसत्ता व्युँताएको लेखेको छ । नयाँ पत्रिका दैनिकले कांग्रेसलाई ११, माओवादी केन्द्रलाई ९ र अन्यलाई बाँकी मन्त्रालय दिनेगरी सत्ता समीकरण मिलाइएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment