Comments Add Comment

‘प्रेमगीत २’ गीतः राराको सुन्दरतामा डुबुल्की मारेको प्रदिप र अश्लेषाको प्रेम

संगीतका कारण चर्चामा थियो चलचित्र ‘प्रेमगीत’ । संगीतकै कारण निर्माता सन्तोष सेन निर्मित यो चलचित्रले दर्शकको मन जित्यो र व्यापारिक रुपमा पनि सफलता हासिल गर्‍यो । निर्माता सेन साउन १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘प्रेमगीत २’मा पनि संगीतको जादु फर्काउने कोशिशमा छन् ।

चलचित्रमा समावेश ‘बिस्तारै बिस्तारै’ त्यसैको झल्को हो । गायक रोहितजोन क्षेत्रीको शब्द, संगीत र स्वर रहेको यो गीतमा चलचित्रका मुख्य कलाकार प्रदिप खड्का र अश्लेषा ठकुरीलाई फिचरिङ गरिएको छ ।

यो गीतमा रारा तालको सौन्दर्यलाई विशेष फोकस गरिएको छ । यो गीतको भिडियोलाई चर्चित छायांकार पुरुषोत्तम प्रधानले क्यामेरा निकै आकर्षक तरिकाले कैद गरेका छन् ।

रामशरण पाठकले निर्देशन गरेको यो चलचित्रले यसपटक पनि रोमान्टिक कथा भन्नेछ । तर, यसपटक निर्माता सेनले प्रेमको कथालाई थाइल्याण्ड, बर्मा र नेपालमा फैलाएका छन् । निर्माता सेनले यो गीतको माध्यमबाट मुगुमा रहेको रारा तालको पर्यटकिय विकासमा समेत टेवा पुग्नेछ । चलचित्रको गीत औषत छ । तर, भिडियोले दर्शकको आँखा शित्तल बनाइदिएको छ । प्रदिप खड्काका फ्यानलाई उनको निलो आँखाले तान्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment