Comments Add Comment

आर्थिक समाचार: उपत्यकाको मूल्य वृद्धि सबैभन्दा न्यून

काठमाडौं, २६ जेठ । मूल्य वृद्धि देशभरमै सबै भन्दा न्युन काठमाडौं उपत्यकामा देखिएको छ । राष्ट्रबैंकले गरेको अध्ययनमा हिमाल, पहाड र तराइका अन्य स्थान तथा सहरको तुलनामा काठमाडौं उपत्यका सबैभन्दा सस्तो देखिएको छ ।

उपत्यकामा सबै भन्दा कम मूल्य वृद्धिलाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । चुनावका लागि ५ करोड लिटर इन्धन मौज्दातलाई पनि नयाँ पत्रिकाले लेखेको छ । जहाज भाडामा दिन दुई कम्पनि इच्छुकलाई लेखेको नयाँ पत्रिकाले नेप्सेको सेयर निजी क्षेत्रलाई भन्ने समाचारलाई पनि लेखेको छ ।

ब्याजदर अझै बढ्दैलाई कारोबार दैनिकले मुख्य समाचार बनाएको छ । राजस्व संकलन लक्ष्यभन्दा ३० अर्ब बढीलाई लेखेको कारोबारले २ वर्षभित्र वडास्तरमा सूचनामार्गलाई एंकर बनाएको छ ।

व्यापारघाटा सात खर्ब ४७ अर्बलाई अन्नपूर्ण पोष्ट दैनिकले मुख्य समाचार बनाएको छ । बुढीगण्डकी प्रभावितलाई मुआब्जा वितरण गरेको समाचारलाई पनि अन्नपूर्णले लेखेको छ । साना किसानसम्म पुगेन बिमालाई अन्नपूर्णले लेखेको छ ।

दैनिक व्यापार घाटा साढे दुई अर्बलाइ नागरिक दैनिकले मुख्य समाचार बनाएको छ । त्यस्तै उपभोक्ता निचोरेर मासिक ६८ करोड नाफालाई पनि नागरिकले लेखेको छ ।

१० महिनामा ८ खर्ब ८ अर्बको सामान आयातलाई अभियान दैनिकले मुख्य समाचार बनाएको छ । नयाँ स्टक एक्सचेञ्जबारे चल्यो दोहोरीलाई पनि अभियानले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment