+
+

नापतौल चेकजाँच नै नगरी सामान बिक्री

रासस रासस
२०७४ जेठ २६ गते ११:१२


२६ जेठ, काठमाडौं। नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बालाजुले नापतौल चेकजाँच नगरी सामान बिक्री गर्ने व्यापारीलाई कारबाहीको प्रक्रिया जारी राखेको छ ।

कार्यालयका प्रमुख शशीभूषणकुमार यादवले भने, “धेरै व्यापारीले नापतौल चेकजाँच नै नगरी सामान बिक्री वितरण गरेको पाइयो, त्यस्तोलाई कारबाही अगाडि बढाएका छौँ ।”

कार्यालयले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म चेकजाँच र नयाँ अनुमति वितरणबाट रु ९८ लाख सात हजार ७३८ राजस्व सङ्कलन गरेको छ । १० हजार ५७८ साधन चेकजाँच तथा नयाँ अनुमति वितरणबाट उक्त राजस्व सङ्कलन भएको हो ।

कार्यालयले नापतौल यन्त्र नयाँ अनुमति तथा इजाजत वितरण, नापतौल यन्त्र चेकजाँच, पेट्रोलियम पदार्थ वितरण पम्प चेकजाँच, सवारी ट्याङ्क जाँच लगायत कार्य गर्दै आएको छ ।

यस्तै वैशाख महिनामा काभ्रेपलाञ्चोक जिल्लामा ३५० फर्म, काठमाडौँको वनस्थलीमा १० फर्म र बूढानीलकण्ठ तथा वसुन्धरा क्षेत्रमा सातवटा फर्म अनुगमन गरी नियम विपरीत सञ्चालन गरेको भन्दै रोक्का गरिएकोे थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?