Comments Add Comment

पुतलीसडकमा ‘ढलमती’को बाढी ! हेर्नुस् १५ तस्वीर

२६ जेठ, काठमाडौं । घाम लाग्यो धुलाम्मे, पानी पर्‍यो हिलाम्मे । यो देशकै राजधानी काठमाडौंको सडकको अवस्था हो । तर, यो समाधान भन्दा अझ विकाराल बन्दै गएको छ ।

वर्षा लागिसक्यो । तर, मेलम्चीको पाइप विछ्याउने तथा सडक विस्तारका काम चलिरहेकाले पनि न त ढल निकास राम्रो छ, न सडकका खाल्डाखुल्डी नै पुरिएको छ ।

पानी पर्‍यो कि धेरै ठाउँमा सडक जलमग्न हुन्छ । पानीको मुल फुटे झै सडकको बीचमा ढलको पानी निकस्न छ, अनि पैदलयात्री र मोटरसाइकल चालकको विजोग ।

शुक्रबार दिउँसो पुतलीसडकमा त्यस्तै भयो । पानी पर्नासाथ सडकमा खहरे नै उर्ले झै ढलको पानी बग्न थाल्यो । अर्थात  ‘ढलमती’ नै बाढी आयो ।

मोटरसाइकलमा जोगिएर यात्रा गर्न मुस्लिल बन्यो । केही त लड्न पुगे । पैयदयात्रीलाई पनि बस चढ्न निकै मुस्किल भएको थियो ।

वर्षायाम लागेसँगै यस्ता समस्या दिनदिनै भइरहेको छ । तर, न त स्थानीय सरकार काठमाडौं महानगरपालिका, न केन्द्रीय सरकारका सम्वन्धीत कार्यालयले नै वास्ता गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment