+
+

भूमाफियाले मध्यरातमा हनुमन्ते खोला सारे, मध्यपुर नगरको विरोध

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २७ गते १५:०७

२७ जेठ, काठमाडौं । भूमाफियाले मध्यरातमा डोजर लगाएर हनुमन्ते खोलाको नियमित बहाव नै परिर्वतन गरेको छ । मध्यपुर थिमि नगरपालिकाको वडा नं. ३ र सूर्य विनायक नगरपालिकाको वडा नं. ३ को सीमानामा पर्ने हनुमन्ते खोलाको नियमित बहाव नै परिर्वतन गरिएको हो ।

घुमेर आएको नदीलाई सिधा बनाएर मकैबारीको बीचबाट बगाइएको छ । तर, कसले गर्‍यो भन्ने खुलेको छैन । स्थानीय प्रशासनले पनि कसैलार्इ पक्राउ गरेको छैन । घटनाको खबर आए लगतै प्रहरी टोली गएको र एउटा डोजरलाई नियन्त्रणमा लिइएको भक्तपुर प्रहरीले बताएको छ ।

खोला बगेको जग्गा व्यक्तिको भएको भन्दै पटक-पटक नदीको बहाव नै परिर्वतन गर्ने प्रयास हुँदै आएको थियो । २०२१ सालको नापीमा खोला अहिले नयाँ बहाव दिइएकै ठाउँबाट बगेको उनीहरुको तर्क छ ।

तर, भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले भने त्यस्तो भएपनि स्थानीय प्रशासन र सम्वन्धित पक्षको सहमति मात्र खोलाको बहाव परिर्वतन गर्न सकिने अनलाइनखबरलाई बताए । उनले भने, ‘यो पुरानो विवाद रहेछ । यसबारे छलफल गर्न भोलि सबै पक्षलाई बोलाएका छौं ।’

मध्यपुर थिमि नगरपालिकाले भने भूमाफिया र स्थानीय प्रशासनको मिलेमतोमा भएको भन्दै विरोध गरेको छ । शनिबार बसेको नगरपालिकाका पदाधिकारीहरुको आकमिस्क बैठकले घटनाको छानविन गर्न र खोलाको प्राकृतिक वहाव फर्काउने कार्यमा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।

हनुमन्तेको विवाद नयाँ भने होइन । यसअघि पनि भूमाफियाहरुले खोलाको बाहव फर्काउने प्रयास भएको थियो । त्यसबेला तत्कालीन मध्यपुर थिमि र अनन्तलिङ्गेश्वर नगरपालिकाबीच दुवै नगरपालिकाको स्वीकृति वेगर अनधिकृत निर्माण, जमिन कटान लगायतका काम नगर्ने सहमति भएको थियो ।

अहिले यसको पनि उल्लंघन भएको भन्दै मध्यपुर नगरपालिकाले खोलाको प्राकृतिक वहाव फर्काउन वनाइएको संरचना र जमिनलाई पुरानै अवस्थामा ल्याउने निर्णय गरेको मेयर मदनसुुन्दर श्रेष्ठले बताए ।

स्थानीय प्रशासनको सहयोगका लागि लेखी पठाउने र असहयोग भए जनपरिचालन गरी अनधिकृत रुपमा बनाइएका संरचना हटाएर नदीलाई पुरानै अवस्थामा ल्याउन नगरबासीलाई सार्वजनिक आव्हान गर्ने निर्णय भएको छ, मेयर श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

साथै प्राकृतिक रुपमा वगिरहेको खोलाको आफ्नो नगर क्षेत्रमा पर्ने क्षेत्रमा ढुंगाको मेसिनरी वाल लगाएर स्थायी संरचना बनाउने निर्णय गरिएको मध्यपुर थिमि नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?