Comments Add Comment

‘दंगल गर्ल’ले रमजानमा स्विमसूट लगाएपछि यस्तो हंगमा

फातिमा सना शेखले हट फोटो सूट गराइन्, स्विमसूटमा । बलिउड अभिनेत्रीले पहिलो पटक यस्तो फोटोशूट गराएको होइनन्, जसमा आपत्ती मान्नुपर्ने थियो । तर, उनले ‘रमजानको पवित्र महिनामा लाजमर्दो फोटोशूट’ गराइन् । त्यही कारण हंगामा मच्चियो ।

फिल्ममा आमिरको छोरी भएर अभिनय गरेकी सनाको स्विमसूट फोटो इन्टरनेटमा जति-जति भाइरल हुँदै गयो, उत्तिनै आलोचना पनि । कतिसम्म भनियो भने, ‘कम से कम रमजान मा त लाज लाग्नुपर्ने हो ।’ अर्काले टिप्पणी गरे, ‘तिमीले नाम परिवर्तन गर, किनभने त्यसको तिमी लायक छैनौ ।’

उनले माल्दिभ्सको समुन्द्री किनारमा कालो रंगको स्विमसूट लगाएर कुर्सीमा बसेको फोटो खिचाएकी छिन् । २५ बषिर्य शानले यो तस्विर अन्तर्राष्ट्रिय पुरुष म्याजजिन जिक्यूका लागि खिचाएकी हुन् ।

अब उनी आमिरसँगै अर्को फिल्म ‘ठग्स अफ हिन्दुस्तान’मा अभिनय गर्नेछिन् । फिल्ममा उनलाई एक्सन भूमिका दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment