Comments Add Comment

डोटीका प्रत्येक स्थानीय तहमा दुई पर्यवेक्षक खटाइने

२८ जेठ, डोटी । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले डोटी जिल्लाका नौ वटै स्थानीय तहमा निर्वाचन पर्यवेक्षक खटाउने तयारी गरेको छ ।

निर्वाचन पर्यबेक्षकहरुका लागि शनिवार आयोजना गरेको निर्वाचन पर्यवेक्षण सम्वन्धी एक दिने अभिमुखीकरण कार्यक्रममा प्रत्येक स्थानीय तहमा दुई जनाका दरले पर्यवेक्षक खटाइने जानकारी दिइयो ।

‘निर्वाचन स्वच्छ, निश्पक्ष र मर्यादित होस् भन्नका लागि हामीले पर्यवेक्षक खटाउन लागेका हौं’, नियोक जिल्ला समिति कोषाध्यक्ष मोहन शाहीले भने, ‘मतदान केन्द्रमा खटिने पर्यवेक्षकका अतिरिक्त मोबाइल पर्यवेक्षकहरु पनि परिचालन गरिनेछ ।’ जिल्लामा १४ जना मोबाइल पर्यवेक्षक रहने शाहीले बताए ।
अभिमुखीकरणमा बोल्दै डोटीका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद शर्माले पर्यवेक्षकहरुले निर्वाचन आचार संहिताको ख्याल गर्नु पर्ने बताए । ‘निर्वाचन आचार संहिता उल्लंघन भएको तपाईंहरुले पाउनु भयो भने सम्बन्धित निकायमा खवर गरिदिनु होला’, शर्माले भने ‘तपाईंहरु आफैंले पनि निर्वाचन आचारसंहिताको ख्याल गर्नु होला ।’ पर्यवेक्षकहरुले कुनै पनि दलको या उम्मेदवारको समर्थन वा विरोध गर्न नपाइने कुरालाई विशेष ध्यान दिन पनि शर्माले आग्रह गरे ।

अभिमुखीकरण कार्यक्रममा पर्यवेक्षकहरुलाई आवश्यक निर्देशन दिँदै नियोक प्रदेश नं. ७ का संयोजक देवी खनालले पर्यबेक्षक निश्पक्ष हुनुपर्ने बताए । ‘तपार्इंहरु रेकर्डर हो तर टेप रेकर्डर होइन’ खनालले भने ‘तपार्इंहरु सुन्ने काम धेरै गर्नु होला तर बोल्न पाउनु हुन्न ।’ उनले पर्यवेक्षकका आँखा र कान तिखा हुनु पर्ने तर मुख बन्द हुने बताए ।

प्रदेश नंं. ७ मा एक सय ७६ मतदान केन्द्रमा त्यति नै संख्यामा मोबाइल पर्यवेक्षक खटाउने तयारी भइरहेको खनालले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment