Comments Add Comment

बलिउडका स्टार सन्ततिः कस्को अफेयर कोसँग ?

बलिउड स्टारका सन्ततिहरुलाई भारतीय मिडियाले निकै पछ्याउँछन् । विशेषगरी उनीहरुको प्रेम र रोमान्सका खबरलाई ती मिडियाले खोजीखोजी छाप्छन् ।

हुन पनि यतिबेला हरेक स्टारका जवान छोराछोरीहरु प्रेममा परेका छन् । उनीहरुमध्ये कोही फिल्ममा आएर स्टार बनिसकेका छन् त कोही फिल्ममा आउने तरखर गर्दैछन् । को-को छन् त प्रेममा परेका स्टार सन्तति ?

– सैफ अली खानकी छोरी सारा र अनिल कपुरका छोरा हर्षवर्धन खुल्ला रोमान्स गरिरहेका छन् । उनीहरु पटक-पटक सार्वजनिक ठाउँहरुमा एकअर्काको हात समातेर घुमिरहेका भेटिन्छन् । हालै सैफको घरमा भएको पार्टीमा सारा र हर्षबर्धन एउटै कारमा चढेर पुगेका थिए ।

– अमिताभ बच्चनकी नातिनी नब्या नवेली नन्दा र शाहरुख खानका छोरा आर्यनबीचको सम्वन्धलाई शंकाको आँखाले हेर्ने गरिएको छ । तर नब्या खासमा अर्कै व्यक्तिसँग प्रेममा छिन् । उनका प्रेमी हुन् लन्डनका ह्यारी गिलिस । उनीहरु सेभेन अक्स स्कुलका क्लासमेट हुन् ।


– श्रीदेवीकी छोरी जान्भी कपुर अहिले शाहिद कपुरका भाई ईशान खट्टरसँग चक्कर चलाइरहेकी छिन् । उनीहरुलाई पटक पटक एकसाथ देखिएको छ । दुवैले चाँडै नै बलिउडमा इन्ट्री मार्ने तयारी गरिरहेका छन् ।

– महेश भट्टकी छोरी आलिया भट्ट अक्सर अभिनेता सिद्धार्थ मल्होत्रासँग देखिन्छिन् । उनीहरुले आफूहरुबीचको सम्वन्धबारे केही बोलेका छैनन् । तर उनीहरु प्रेमी-प्रेमिका हुन् भनेर अड्कल काट्न कठिन छैन ।

– जैकी श्राफकी छोरी कृष्णाले आफ्नो लभ अफेयरलाई लुकाएकी छैनन् । कृष्णा आफ्नो ब्राजिलियन ब्वाइप|mेन्ड स्पेन्सर जोन्सनसँगको फोटो सामाजिक सञ्जालमा सेयर गरिरहन्छिन् । स्पेन्सर ब्राजिलको एउटा स्पोटर््स् कम्पनीका फुटबल ट्रेनर हुन् ।

– निर्देशक डेभिड धवनका छोरा अभिनेता बरुण धवन अहिले नताशा दलालसँग डेट गरिरहेका छन् । फेसन डिजाइनर नताशा र बरुण बच्चादेखिका साथी हुन् । यद्यपि बरुणले नताशासँगको प्रेम सार्वजनिक रुपमा स्वीकार गरेका छैनन् ।

– बोनी कपुरका छोरा अर्जुन कपूर पनि सुनिल सेट्टीकी छोरी अथियासँग रोमान्स गरिरहेकी छिन् । यी दुवै फिल्म ‘मुबारकाँ’ मा सँगै देखिदैछन् । यो फिल्म जुलाईमा रिलिज हुँदैछ ।

– जैकी श्राफका छोरा टाइगर श्राफ आफ्नो लभलाइफलाई गोप्य नै राख्न चाहन्छन् । तर उनको अभिनेत्री दिशा पटानीसँगको प्रेम कसैबाट छुपेको छैन । उनीहरुलाई धेरैपटक सँगसँगै देखिएको छ ।

– अनिल कपुरकी छोरी सोनम कपुर दिल्लीका ब्यापारी आनन्द आहूजासँग रिलेसनसीपमा छिन् । उनीहरु पछिल्लो अढाई वर्षदेखि गोप्यरुपमा डेटिङ गरिरहेका छन् । केही दिन पहिले सोनम नेसनलले नेसनल पुरस्कार थाप्दा आनन्द पनि पुगेका थिए ।

– आमिर खानका छोरा जुनैद खान सोनम वर्मासँग रिलेसनसीपमा छन् । उनीहरुको सम्वन्ध चाँडै नै बिहेमा परिणत हुने जनाइएको छ । आमिर खानले यसमा सहमति दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment