+
+

काठमाण्डौमा कुमार सानु गुञ्जने, श्वेताको फाउन्डेशनको सहयोगार्थ कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २९ गते १०:५९


बलिउड चलचित्रका चर्चित पाश्र्व गायक कुमार सानु अब काठमाण्डौको पाँच तारे होटलमा गुञ्जने भएका छन् । असार ३१ गते आयोजना हुन लागेको ‘कुमार सानु लाइभ इन कन्सर्ट’मा उनले आफ्ना चर्चित गीतहरुको साथमा नेपाली दर्शकलाई मनोरञ्जन दिन लागेका हुन् ।

मुभेज इन्टरनेशनलको आयोजनामा होटल याक एन्ड यतीमा आयोजना हुन लागेको कार्यक्रममा कुमार सानुले आफ्नो ब्याण्डका साथ लाइभ प्रस्तुती दिनेछन् । सानुले आफ्ना चर्चित नेपाली र हिन्दी गीत गाउनेछन् ।

सो कार्यक्रममा गायक रामकृष्ण ढकाल, सुगम पोखरेल, देविका बन्दना, स्मिता घिमिरेले पनि आफ्ना चर्चित गीत गाउनेछन् । दर्शकले नायिका नीशा अधिकारीको नृत्य, हाँस्य कलाकार जीतु नेपालको कमेडीको माध्यमबाट मनोरञ्जन लिन सक्नेछन् ।

आफ्नो २७ बर्ष लामो करिअरमा कुमार सानुले १७ हजारभन्दा बढी गीत गाएका छन् । यो कार्यक्रम हेर्नका लागि दर्शकले ५ हजार बराबरको टिकट काट्नुपर्नेछ । नायिका श्वेता खड्काको ‘श्वेता श्री फाउन्डेशन’को सहयोगार्थ यो कार्यक्रम हुने आयोजकले बताएको छ ।

गायक सानुले ‘म त अब रिसाउँछु, फूल भए जीन्दगी, साँची राँखु जस्तो लाग्छ, सपना सपना, यो कथा हो तृष्णा मेरो, यो दुई थोपा आँशु’ लगायतका ५ सय भन्दा बढी नेपाली गीत गाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?