+
+

पोखराको प्राइम सहकारी घोटाला प्रकरणमा थप एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ७ गते ११:०७

७ जेठ, पोखरा । पोखराको प्राइम बहुउद्देश्यीय सहकारी घोटाला प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

सहकारीको रकम हिनामिना गरेको अभियोगमै प्रहरीले सोमबार उत्तम मगरलाई पक्राउ गरेको हो ।

प्राइम सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु केसीको मुख्य योजनामा रकम हिनामिना गरको आरोपमा प्रहरीले सोमबार बिहान मगरलाई पक्राउ गरेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।

प्राइम सहकारीबाट एक अर्ब ५४ करोडभन्दा बढी हिनामिना भएकोमा धेरै ठूलो रकम अपचलनमा मगरको पनि संलग्नताका देखिएको प्रतिवेदन र अनुसन्धानबाट पत्ता लागेपछि पक्राउ गरिएको एसपी थापाले बताए ।

सहकारी रजिस्टायको कार्यालय गण्डकीले गराएको वित्तीय विश्लेषण र रायसहितको प्रतिवेदनकै आधारमा प्रहरीले गत मंगलबार पीडित बचतकर्ता तथा सेयर सदस्यलाई उजुरी गर्न आह्वान गरेर प्रमुख कार्यकारी अधिकृत पौडेल, व्यवस्थापक थापा, सञ्चालक समितिका अध्यक्ष शंकर कार्कीलगायत ८ जनालाई प्रक्राउ गरेको थियो ।

उत्तम मगरसहित पक्राउ पर्नेको संख्या ९ पुगेको छ ।

सहकारीका पूर्वअध्यक्ष निदेशप्रसाद कोइराला, पूर्वकोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा विभाग प्रमुख सुनील थापा, सल्लाहकारका नाममा सहकारीबाट पैसा चलाउनेदेखि ऋणीबाट पैसा उठाउने, जग्गा लिइदिनेसम्ममा संलग्न भएका मनबहादुर गुरुङ (माने) र सहकारीका कानुनी सल्लाहकार अधिवक्ता ईन्द्रप्रसाद बराललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ ।

सहकारीको रकम हिनामिनामा सोमबार बिहान पक्राउ परेका उत्तम मगरले नाममा १३ करोड ७७ लाख २३ हजारमा काल्पनीक कर्जाको हिसाब समायोजन गरेपश्चात १३ करोड ४७ लाख २३ हजार असुल हुनुपर्ने राय प्रतिवेदनले दिएको छ ।

प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणिकै मिलेमतोमा सहकारीको पैसा जग्गामा लगाएको, जग्गाको मूल्यलाई सम्पत्तीमा कायम नगरी ऋणी कै नाममा कर्जा देखिएको प्रतिवेदनले जनाएको छ ।

प्राइम सहकारीको रकमबाट व्यक्तिगत सम्पत्ति आर्जन गर्ने, फर्जी खाता र कर्जा प्रवाह देखाएर डेढ अर्बभन्दा बढी अपचलन गरिएको प्रतिवेदनले जनाएको छ ।

पोखरा महानगरपालिका–४ गैह्रापाटनमा रहेको प्राइम सहकारीका प्रमुख कार्यकारी अधिकृत तथा पूर्वसचिवसमेत रहेका सुरेन्द्रमणि पौडेल, व्यवस्थापक निरु थापाको प्रमुख योजनामा ठूलो रकम हिनामिना भएको सहकारी रजिस्ट्रारको कार्यालयले गरेको वित्तीय विश्लेषण प्रतिवेदनले निष्कर्ष छ ।

यो सहकारीको कास्की, तनहुँ र गोरखा कार्यक्षेत्र छ भने ४ ठाउँमा सेवा केन्द्र स्थापना गरी कारोबार गर्दै आएको थियो ।

कार्यक्षेत्र विस्तार र सेवा केन्द्र खोल्न सहकारी विभाग, सहकारी रजिस्ट्रारको कार्यालयका कर्मचारीले घुस लिएको पनि सीईओ पौडेल र व्यवस्थापक केसीले बयान दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?