+
+

यामाहा फेस अफ फेसिनो भोटिङ कन्टेस्टका विजेता घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २९ गते २०:४१


२९ जेठ, काठमाडौं । यामाहा मोटरसाइकल तथा स्कुटरका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहा फेस अफ फेसिनो भोटिङ कन्टेस्टका विजेताको नाम घोषणा गरेको छ । पोखराकी अलिना लामिछाने गुरुङ यो कन्टेस्टकी विजेता हुन सफल भएकी हुन् । उनले यामाहाको तर्फबाट सामसुङ ग्यालेक्सी एस८ पुरस्कारस्वरुप प्राप्त गरेकी छिन् ।

मिस नेपाल २०१७ मा यामाहा फेसिनोले टु ह्विलर पार्टनरको भूमिका निर्वाह गरेको थियो । यो ब्युटी पेजेन्टका अन्तिम १९ प्रतियोगीमध्ये नीति शाहले यामाहा फेस अफ फेसिनो टाइटल जितेकी थिइन् । यामाहाको आधिकारिक फेसबुक पेज र नेपालभरिका यामाहा सोरुमबाट भएको भोटिङ र डा रविना देशराज श्रेष्ठ, निलम चन्द र ओशिमा बानुको निणर्ायक मण्डलले दिएको अंकमार्फत शाह फेस अफ फेसिनो बनेकी हुन् ।

मिस नेपाल इन्टरनेशलन २०१७ समेत जितेकी यामाहा फेस अफ फेसिनो नीति शाहले लकी ड्रमार्फत एक लाख ४० हजार आठ सय ७१ भोटरमध्येबाट भोटिङ कन्टेस्टको विजेताको नाम निकालेकी हुन् । यो लकी ड्रको प्रत्यक्ष प्रसारण यामाहाको आधिकारिक फेसबुक पेजमा गरिएको थियो । लकी ड्र कार्यक्रममा नेपालका चर्चित राष्ट्रिय क्रिकेट खेलाडी तथा यामाहा मोटरसाइकलका लागि नेपालको ब्रान्ड एम्बेसेडर शरद भेषावकर पनि उपस्थित थिए । भोटिङ कन्टेस्ट १९ मेबाट २ जुनसम्म सञ्चालन भएको थियो ।

एमएडब्लु इन्टरप्राइजेजले मिस नेपाल वल्र्ड २०१७ निकिता चन्दक र फेस अफ फेसिनो नीति शाहलाई फेसिनो स्कुटर उपहार स्वरुप प्रदान गर्नेछ । फेसिनो रेट्रो स्टाइल लुक्स भएको पि्रमियम स्कुटर हो जसले आफूलाई ‘सुपर मोडेल स्कुटर’का रुपमा स्थापित गर्न सफल भएको छ । यसमा प्याटेन्टेड ब्लु कोर टेक्नोलोजी भएको एक सय १३ सीसीको एअर कुल्ड इन्जिन जडान गरिएको छ । यो प्रविधिले फेसिनोलाई लुक्समा मात्र होइन पर्फमेन्समा समेत उत्कृष्ट बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?