Comments Add Comment

राजपा आउने शर्तमा प्रदेश नम्बर २ र ५ को चुनाव सार्ने प्रधानमन्त्रीको प्रस्ताव

राजपासँग भोलि संयुक्त बैठक

३० जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजपाले चुनावमा भाग लिने लिखित बाचा गरे प्रदेश नम्बर २ र ५ को चुनाव सार्ने प्रस्ताव राखेका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको प्रमुख दलहरुको बैडकमा प्रधानमन्त्री देउवाले घुमाउरो रुपमा चुनाव सार्ने प्रस्ताव राखेका हुन् । ‘मिति सारेर सम्झौता गर्न सकिन्छ कि भन्दै प्रधानमन्त्रीले चुनाव सार्ने कुरा गर्नुभयो’ बैठकमा सहभागी एक नेताले अनलाइनखबरलाई भने ।

उनका अनुसार प्रधानमन्त्रीले यदि यसरी चुनाव सार्ने हो भने आयोग नै गठन गरेर स्थानीय तहको संख्या बढाउने विकल्प समेत अघि सारेका छन् ।

तर, प्रमुख विपक्षी नेकपा एमालेले फेरि चुनाव सार्ने प्रधानमन्त्रीको प्रस्ताव ठाडै अस्वीकार गरेको छ । साथै स्थानीय तहको संख्या बढाउन आयोग गठन गर्ने प्रस्तावको सत्तारुढ गठवन्धनबाटै विरोध भएको छ ।

चुनाव सार्ने प्रस्तावतर्फ संकेत गर्दै एमाले अध्यक्ष ओलीले सञ्चारकर्मीहरुसँग भने, ‘उहाँहरु -सत्तारुढ दल)ले भन्न भन्न खोज्ने तर, भन्न नसक्ने जस्तो देखियो । सार्न खोजेको हो कि नगर्न खोको हो म प्रष्ट भइनँ ।’

ओलीले अब असार १४ मै चुनाव हुनु पर्ने बताए । उनले भने, ‘पटक पटक सारिएको छ । बैशाख ३१ मै एक चरणमा हुनुपर्थ्यो । जेठ ३१ मा सारियो । फेरि केही दिनलाई सारियो । यो चुनाव सकेर प्रदेश र संघको चुनाव गर्नुछ । तर, समयको चापप्रति सरकार गम्भीर देखिएको छैन ।’

एमालेले स्थानीय चुनाव अघि संविधान संशोधन र स्थानीय तहको संख्या बृद्धि दुबै असम्भव भएको बताएको छ ।

चुनावपछि भने संशोधनबारे छलफल गर्न सकिने एमाले अध्यक्ष ओलीले बताए । ‘२ गते नोमिनेसन छ । एक गते, मसान्तका दिन संशोधन सम्भव छैन । स्थानीय तहको संख्या पनि थप्न सकिादैन’ उनले भनेका छन् ।

माओवादी नेता वर्षमान पुनले भोलि ४ बजे राजपासँग संयुक्त बैठक बोलाइएको बताए । सरकार र प्रधानमन्त्री असार १४ मा चुनाव गर्न प्रतिवद्ध रहेको भन्दै उनले भने, लिखित प्रतिवद्धता आयो वा सहमति भयो भने निर्णय लिने भन्ने भएको छ ।’

राजपाले उठाएका संविधा संशोधन चुनाव अघि सम्भव नभएको भन्दै उनले प्राविधिक केही समस्या भए त्यसबारे सोच्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment