+
+

मतदान अधिकृत राजपाको नियन्त्रणमा, तालिम स्थलमा धर्ना

एसके शान एसके शान
२०७४ जेठ ३१ गते ११:०४


३१ जेठ, सप्तरी । आन्दोलनरत राष्ट्रिय जनता पार्टीका कार्यकर्ताहरुले निर्वाचन अधिकृतहरुको तालिमस्थल घेराउ गरेका छन् । साथै त्यहाँ पुगेका मतदान अधिकृतहरुलाई नियन्त्रणमा लिएर बलपूर्वक धर्नास्थलमा राखेका छन् ।

निर्वाचन आयोगले निर्वाचन अधिकृतहरुका लागि महेन्द्र विन्देश्वरी क्याम्पसमा तालिम राखेको थियो । तर, सुरु हुनु अगाडि नै राजपाका कार्यकर्ताले क्याम्पस घेराउ गर्दै धर्ना दिएका छन् ।

राजपाका कार्यकर्ताले तालिममा सहभागी हुन आएका निर्वाचन तथा मतदान अधिकृतहरुलाई नियन्त्रणमा लिएर धर्नामा बसालेका छन् ।

राजपाको अवरोधपछि तालिम स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?