Comments Add Comment

आर्थिक समाचार: एक वर्षमै घरजग्गामा ६० अर्ब लगानी

१ असार, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले घरजग्गामा एक वर्षमै ६० अर्ब रुपैंयाभन्दा बढी ऋण प्रवाह गरेका हुन् । बैंकहरुले गत वैशाखसम्ममा घरजग्गा (ब्यक्तिगत आवासीय कर्जा समेत) मा दुई खर्ब ९३ अर्ब रुपैंया लगानी गरेका थिए । अघिल्लो वर्षको वैशाखसम्ममा बैंकले दुई खर्ब ३३ अर्ब रुपैंया लगानी गरेका थिए ।
नागरिक दैनिकले एक वर्षमै घरजग्गामा ६० अर्ब बढाए बैंकलेलाई मुख्य समाचार बनाएको छ । काठमाडौंबाट दोहा हुँदै युरोप–अमेरिका जान समस्या छैनलाई पनि नागरिकले लेखेको छ । त्रुटिपूर्ण बोनस ऐन सच्याउन निर्देशनलाई पनि नागरिकले लेखको छ ।
कच्चा पदार्थको भन्सार तयारी वस्तुको बन्दा बढीलाई कारोबार दैनिकले मुख्य समाचार बनाएको छ । करको दायरा बढाउदैलाई पनि कारोबारले लेखेको छ ।
कतार जाने श्रमिक दैनिक डेढसयलाई गोरखापत्रले मुख्य समाचार बनाएको छ भने पर्यटन विकासमा पूर्वाधार बाधकलाई अन्नपूर्ण पोष्टले मुख्य समाचार बनाएको छ ।
चीनीया लगानी सन्दर्भमा नयाँ पत्रिका दैनिकले ३ अर्बभन्दा बढी लगानी गर्ने प्रतिबद्धतालाई मुख्य समाचार बनाएको छ । बल्क कार्गो विराटनगर पनि आउनेलाई पनि नयाँ पत्रिकाले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment