Comments Add Comment

कपिल शर्मालाई मिस गरिरहेका छन् अली असगर

कमेडियन कपिल शर्मासँग झगडा गरेर छुट्टएिका थिए अली अस्गर । उनलाई दादी र नानीको भूमिकाका लागि दर्शकहरुले चिन्छन् ।

‘द कपिल शर्मा शो’ बाट अलग भएका असगर अहिले कपिललाई खुब मिस गरिरहेका छन् । हालै एउटा कार्यक्रममा अलीले भने, ‘हा म आफ्नो पुरानो कार्यक्रम र टिमका सदस्यहरुलाई मिस गरिरहेको छु ।’

उनले अगाडि भने, ‘जे भयो त्यो राम्रो भएन । तर, कहिलेकाहीँ तपाईं यस्तो मोडमा आउनुहुन्छ जब एउटा अपि्रय निर्णय लिनुपर्छ । हाम्रो समुह राम्रो थियो । तर यस्तो परिस्थिति आयो जहाँ मेरो भूमिका बिस्तारै फिका बन्दै गइरहेको थियो । त्यसमा सुधार गर्न सकिने कुनै सम्भावना बाँकी थिएन ।’

खबर अनुसार सुनील ग्रोबरको टिम अली असगर, सुगन्धा मिश्रा संकेत भोसले र क्रियटिभ डाइरेक्टर पि्रती सिमोस चाँडै नै कृष्णा अभिषेकसँग मिलेर एउटा नयाँ कमेडी शो चलाउँदैछन् । यो शो पनि सोनी च्यानलमा नै प्रशारण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment