Comments Add Comment

प्रदेश नम्बर २ को चुनाव सार्ने निर्णयले बिखण्डनकारीको मनोबल बढाएको एमालेको ठहर

१ असार, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले प्रदेश नम्बर २ को निर्वाचन सार्ने सत्तापक्षको निर्णयमा आपत्ति जनाएको छ ।

आन्दोलनरत राष्ट्रिय जनता पार्टीसँगको छलफलपछि सत्तापक्षले प्रदेश २ को चुनाव असोज २ मा गर्न निर्वाचन आयोगलाई सरकारले सिफारिस गर्ने निर्णय गरेको थियो ।

सत्तापक्षको निर्णयप्रति आपत्ति जनाउदै एमाले सचिव तथा केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले यो निर्णयबाट मुलुकको राष्ट्रिय एकतालाई कमजोर बनाउनुका साथै विखण्डकारी तत्वहरुको मनोबल बढाएको दाबी गरेका छन् ।

एमालेको विज्ञप्तिमा भनिएको छ, ‘कुनै ठोस कारण र औचित्यबिना निर्वाचन सारेर सत्तारुढ गठबन्धनले मुलुकमा विभाजनको मानसिकता तयार गर्ने गम्भीर अपराध गरेको छ । प्रदेश नम्बर २ मा निर्वाचन पछि सार्ने कदमले त्यहाँका जनताको आफ्ना प्रतिनिधि आफैं छानेर स्थानीय सरकारको अभ्यास गर्ने अधिकार मात्र कुण्ठित गरेको छैन, संविधान कार्यान्वयनमा गम्भीर धक्का पुर्‍याएको छ ।’

एमालेले यस कदमविरुद्ध सचेत रहँदै प्रदेश नम्बर २ मा पार्टीका नियमित कामहरु अघि बढाउन मातहत कमिटीहरुलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment