+
+
Shares

सरकारी संयन्त्रमा नेपालभाषाः चर्चा धेरै, काम भने कम

अनलाइनखबर अनलाइनखबर
२०७४ असार ४ गते ६:३५

४ असार, काठमाडौं । काठमाडौंं महानगरपालिका र कीर्तिपुर नगरपालिकामा नेपालभाषालाई पनि कामकाजको भाषा बनाउने भनिए पनि व्यावहारिक कार्यान्वयन र प्रयोग उत्साहप्रद देखिएको छैन । काठमाडौं र कीर्तिपुर दुवैको पहिलो बोर्ड बैठकले ‘नेपालभाषालाई पनि कामकाजको भाषाका रूपमा प्रयोग गर्ने’ निर्णय गरेको थियो ।

संविधानअनुसार भाषा आयोगलाई सरकारी कामकाजको भाषाको सिफारिस गर्ने जिम्मेवारी दिइए पनि आयोगले सिफारिस गर्नुअघि नै ती दुई पालिकाले निर्णय गरिसकेका छन् ।
निर्णय गरेको केही साता बितिसक्दा पनि काठमाडौं महानगरपालिकाले आफ्नो निर्णय कार्यान्वयनका लागि अझै प्राविधिक तयारी थालेको छैन । महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार निर्णयपछि महानगरको ‘साइनबोर्ड’मा नेपालभाषा प्रयोग गर्ने बाहेकका काम नभएको बताए । कीर्तिपुरमा भने नेपालभाषाका निवेदनहरू हेर्ने छुट्टै डेस्कको व्यवस्था गरिएको छ । नगर प्रमुख रमेश महर्जनका अनुसार यहाँ नेपालभाषाका केही निवेदन पनि परेका छन् । ‘नेपालभाषा बोल्ने मात्र पनि हुनुहुन्छ । लिखित प्रयोग गर्न खासै जान्नुहुन्न रहेछ,’ अहिलेसम्म नेपालभाषा प्रयोग भइनसकेको जानकारी दिँदै महानगरका प्रवक्ता कार्कीले भने, ‘चाँडै यसको छुट्टै डेस्क राखेर काम थाल्छौँ ।’

कीर्तिपुरले भने सेवाग्राहीले नेपालभाषामा निवेदन दिए पनि जवाफ नेपाली भाषामै दिने गरेको आजको गोरखापत्र दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?