+
+
Shares

नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो, सडक अवरुद्ध

ठूलो पहिरो खसेकाले पन्छाउन समय लाग्ने

सुवास पण्डित सुवास पण्डित
२०७४ असार ४ गते ८:०३

४ असार, चितवन । नारायणगढ मुग्लिन सडकखण्डको कालिखोलामा पहिरो जाँदा सडक अवरुद्ध बनेको छ । आज बिहान ३ बजेतिर झरेको पहिरोका कारण यातायात सेवा अवरुद्ध बनेको हो ।

बिहान १० बजेसम्म पहिरो हटाउन सकिने नारायणगढ मुग्लिन सडक निर्माण आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिए । पहिरो पन्छाउन आयोजनकै डोजरहरूले बिहानैबाट काम गरिरहेका छन् ।

आयोजनाले सडक निर्माणका लागि भन्दै बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म दैनिक ६ घण्टा सडक बन्द गराउदै आएको छ । तर आज भने पहिरोका कारण सडक अवरुद्ध भएकोले १० देखि ४ बजेसम्म यातायात बन्द नै गर्ने योजना नभएको यादव बताए ।

कालिखोला पहिरो जोखिम क्षेत्र हो । सुख्खायाममा समेत पहिरो खस्ने यो स्थानमा बर्षातको बेलामा झनै समस्या निम्ताउन सक्ने देखिन्छ ।

नारायणगढ मुग्लिन सडक बिस्तारको काम अहिले भैरहेको छ । पहिरोका कारण सडक अवरुद्ध हुँदा मुग्लिन तर्फबाट नारायणगढ आउन लागेका र नारायणगढ भएर काठमाण्डौं र पोखरालगायतका स्थानमा जाने सवारी साधानहरूको निकै ठूलो लाइन राजमार्गमा देखिएको छ ।

 

 

 

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?