+
+

दीपिकाको बोल्ड फोटोसुटले भन्सालीको टाउको दुखायो

अनलाइनखबर अनलाइनखबर
२०७४ असार ४ गते १०:३५

बलिउड अभिनेत्री दीपिका पादुकोणले केही दिनअघि गराएको हट फोटोसुट निकै चर्चित भयो । उक्त फोटोसुटलाई धेरैले मन पराए भने कतिले छाडा भनेर आलोचना पनि गरे ।

यसमा अहिले नयाँ कुरा आएको छ । निर्देशक संजय लीला भन्साली दीपिकाको सो फोटोसुटबाट बेखुशी छन् रे । खबरअनुसार उनको असन्तुष्टी फिल्म ‘पद्मावती’ सँग जोडिएको रहेछ ।

भन्साली निर्देशित ऐतिहासिक फिल्म पद्मावतीमा दीपिकाको प्रमुख भूमिका रहेको छ । उनको यस फोटोमा राजपुतहरु रिसाएर भन्दैछन् कि ‘यस्ती छाडा आइमाईले कसरी महारानी पद्मावतीको भूमिका निभाउन सक्छे ?’

एक सूत्रले भन्यो, ‘दीपिका पद्मावतीमा एक प्राचीन परम्परालाई दशाउने पद्मावतीजस्ती स्वाभिमानी महारानीको भूमिका निभाउदैछिन् । यस्तोमा उनले बोल्ड फोटोसुट गरेको भन्सालीलाई मन परेको छैन । उनको यो सुटले गर्दा मानिसहरु आफूले बनाएको फिल्मप्रति नकारात्मक बन्न सक्ने भन्सालीको आशंका छ । साथै राजपुतहरुको मनमा ठेस पुग्नसक्ने पनि उनले चिन्ता जनाएका छन् ।’

स्मरणीय के छ भने पद्मावतीले आफूहरुको इतिहासलाई तोडमोड गरेको भन्दै राजपुतहरुले यसअघि .फिल्मको सुटिङमा अवरोध गरेका थिए । -एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?