Comments Add Comment

कञ्चनपुरमा मनोनयन दर्ता सुरु, सुरक्षा व्यवस्था कडा

४ असार, कञ्चनपुर । दोस्रो चरणको निर्वाचनअन्तर्गत कञ्चनपुरका नौवटै स्थानीय तहमा उम्मेदवारी दर्ता सुरु भएको छ । दलहरु बाजागाजा र र्‍यालीसहित सम्बन्धित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका छन् ।

भिमदत्त नगरपालिकामा सबैभन्दा पहिले राष्ट्रिय जनमुक्ति पार्टीका भानुभक्त पार्कीले उम्मेदवारी दर्ता गराएका छन् । रुपन्देहीमा पनि सबैभन्दा पहिले जनमुक्ति पार्टीले नै उम्मेदवारी दर्ता गराएको छ ।

आज बिहान ८ बजेदेखि सुरु भएको मनोनयन दर्ताको समय अपरान्ह चार बजेसम्म तोकिएको छ ।

कञ्चनपुरमा ७ नगरपालिका र २ गाउँपालिका छन् । उम्मेदवारी मनोनयनलाई ध्यानमा राख्दै जिल्लाको सुरक्षा ब्यवस्था कडा पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment