Comments Add Comment

‘एनएफडीसी अवार्ड’मा विपिन र प्रियंका उत्कृष्ट(फोटो फिचरसहित)


शनिबार काठमाण्डौको हायात होटलमा आयोजित ‘पाँचौ एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’मा प्रियंका कार्कीले ‘छक्का पन्जा’ चलचित्रबाट ‘उत्कृष्ट नायिका’को पुरस्कार प्राप्त गरिन् । यस्तै, चलचित्र ‘जात्रा’बाट कलाकार विपिन कार्कीले ‘उत्कृष्ट अभिनेता’को पुरस्कार प्राप्त गरे ।

बर्षकै पहिलो अवार्डको रुपमा आयोजित ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’मा ‘छक्का पन्जा’ले ‘उत्कृष्ट चलचित्र’को पुरस्कार प्राप्त गर्दै गर्दा यसै चलचित्रकी निर्देशक दीपाश्री निरौला ‘उत्कृष्ट निर्देशक’ हुन सफल भइन् ।
‘छक्का पन्जा’ले उत्कृष्ट नायिकाको साथमा उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट हाँस्य कलाकारको विधामा अवार्ड जितेको थियो । यस्तै, चलचित्र ‘पुरानो डुङ्गा’ले भने ‘उत्कृष्ट संगीतकार, उत्कृष्ट छायांकार, उत्कृष्ट पटकथा, उत्कृष्ट सह-अभिनेत्री, उत्कृष्ट सह-अभिनेताको अवार्ड जितेको थियो ।

‘हिजोलाई सम्मान, आजलाई प्रोत्साहन, भोलीलाई उत्थान’ भन्ने मुल नाराका साथ अवार्ड आयोजना भएको थियो । नायिका मनिषा कोइराला कार्यक्रमको विशेष आकर्षणमा रहिन् ।

यस्तै, चलचित्र ‘डाइङ क्यान्डल’ले ‘मह जुरी राष्ट्रिय चलचित्र पुरस्कार, चलचित्र ‘छक्का पन्जा’ले ‘कुसुमे रुमाल सर्वोत्कृष्ट व्यवसायिक चलचित्र पुरस्कार प्राप्त गरे । यस्तै, ‘पुष्कर सर्वोत्कृष्ट पत्रकारिता पुरस्कार’बाट कान्तिपुर दैनिकमा कार्यरत पत्रकार सुशिल पौडेललाई पुरस्कृत गरियो । यी तिन वटै विधामा पुरस्कृतलाई ट्रफी सहित जनही ५ हजार नगद पुरस्कार पनि प्रदान गरिएको थियो । कार्यक्रममा नायिका प्रियंका कार्की, नायक यशराज, जेबिका कार्की, एनी कुँवर लगायतले नृत्य प्रस्तुत गरेका थिए ।
विभिन्न २१ विधामा वितरण गरिएको पुरस्कारका विजेता र चलचित्रको नाम यसप्रकार छः

‘हिरा’ सर्वोत्कृष्ट चलचित्र, राष्ट्रिय चलचित्र पुरस्कार
आमा सरस्वति गीता देवी फिल्म्स प्रा. ली. – छक्का पन्जा
‘प्रकाश’ सर्वोत्कृष्ट निर्देशक, राष्ट्रिय चलचित्र पुरस्कार
दिपाश्री निरौला  – छक्का पन्जा
‘शिव’ सर्वोत्कृष्ट अभिनेता, राष्ट्रिय चलचित्र पुरस्कार
विपिन कार्की  – जात्रा
‘भुवन’ सर्वोत्कृष्ट अभिनेत्री, राष्ट्रिय चलचित्र पुरस्कार
प्रियंका कार्की  – छक्का पन्जा
‘नीर’ सर्वोत्कृष्ट सह-अभिनेता, राष्ट्रिय चलचित्र पुरस्कार
माउत्से गुरुङ  – पुरानो डुंगा
‘वसुन्धरा’ सर्वोत्कृष्ट सह-अभिनेत्री, राष्ट्रिय चलचित्र पुरस्कार
मेनका प्रधान  –  पुरानो डुंगा
‘विश्व’ सर्वोत्कृष्ट नवअभिनेता, राष्ट्रिय चलचित्र पुरस्कार
आयुस्मान देसराज श्रेष्ठ जोसी – चपली हाईट २
‘चैत्य’ सर्वोत्कृष्ट नव-अभिनेत्री, राष्ट्रिय चलचित्र पुरस्कार
सुष्टि श्रेष्ठ – गाजलु
‘गोपालराज’ सर्वोत्कृष्ट हास्यकलाकार राष्ट्रिय चलचित्र पुरस्कार
केदार घिमिरे  – छक्का पन्जा
‘चेतन’ सर्वोत्कृष्ट पटकथा लेखक, राष्ट्रिय चलचित्र पुरस्कार
रामबाबु गुरुङ / उपेन्द्र सुब्बा  – पुरानो डुंगा
‘मञ्जु’ सर्वोत्कृष्ट छायाँकार, राष्ट्रिय चलचित्र पुरस्कार
सैलेन्द्र डी. कार्की – पुरानो डुंगा
‘तुलसी’ सर्वोत्कृष्ट सम्पादक, राष्ट्रिय चलचित्र पुरस्कार
मित्र गुरुङ – जात्रा
‘शम्भुजीत’ सर्वोत्कृष्ट संगीतकार, राष्ट्रिय चलचित्र पुरस्कार
काली प्रसाद वास्कोटा – निर जहिले रिसाउने (पुरानो डुंगा)
‘उदित’ सर्वोत्कृष्ट पाश्र्व गायन, राष्ट्रिय चलचित्र पुरस्कार
मीना निरौला    –  ठमेल बजार (लूट २)
‘वसन्त’ सर्वोत्कृष्ट नृत्य निर्देशक, राष्ट्रिय चलचित्र पुरस्कार
विक्रम स्वार  –  ठमेल बजार (लूट २)
‘भुटानी’ सर्वोत्कृष्ट द्वन्द्व निर्देशक, राष्ट्रिय चलचित्र पुरस्कार
रोशन श्रेष्ठ – किङ्ग
‘प्रदीप’ सर्वोत्कृष्ट पुनः ध्वनी मुद्रण (मिक्सिङ), राष्ट्रिय चलचित्र पुरस्कार
मनोजराज भण्डारी – जात्रा
‘शुभ’ सर्वोत्कृष्ट पाश्र्व संगीत, राष्ट्रिय चलचित्र पुरस्कार
ईमान विक्रम शाह – चपली हाईट २
तस्बिरः कमल प्रसाई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment