Comments Add Comment

तस्वीरमा हेर्नुस् भैरहवामा उम्मेदवारी दर्ताको रौनक

दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि भैरहवामा उम्मेदवारी दर्ता

४ असार, भैरहवा । दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि भैरहवामा उम्मेदवारी दर्ता उत्साहका साथ सुरु भएको छ ।

बिहान ८ बजे देखि उम्मेदवारी दर्ता सुरु भएको छ । विभिन्न राजनीतिक दलका उम्मेदवारहरुले तामझामका साथ उम्मेदवारी दर्ता गराएका छन् ।

चुनावी सरगर्मी चढेको भैरहवामा सबै दलहरुले उम्मेदवारी दर्ता गराउने क्रममा शक्ति प्रदर्शनसमेत गरेका छन् ।

सिद्धार्थनगर नगरपालिकाको (भैरहवा) मेयर पदमा सबैभन्दा पहिला सुमन न्यौपानेले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै स्वतन्त्र उपमेयर पदमा भवानी रिजालले पनि उम्मेदवारी दर्ता गराएकी छिन् । यी दुवै जनाले छुट्छुट्टै उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यस्तै समाचार तयार पर्दा सम्म राजनीतिक दलहरुमध्ये सबै भन्दा पहिला राष्ट्रिय जनमुक्ति पार्टीले जुलुसका साथ उम्मेदवारी दर्ता गराएको छ । पार्टीका तर्फ सिद्धार्थनगरको मेयर पदमा कृष्णबहादुर गुरुङ्ग र उपमेयरमा सीमा थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै राष्ट्रिय जनमोर्चाबाट मेयर पदमा तारानाथ आचार्य र उपमेयर पदमा लक्ष्मी ढुगांनाले उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा एमालेका तर्फबाट मेयर पदमा हरि अधिकारी र उपमेयरमा उमा काफ्लेले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै नगरका विभिन्न वडामा स्वतन्त्र उम्मेदवारहरुले समेत वडाअध्यक्ष पदमा उम्मेदवारी दिइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कुनै अपि्रय घटना हुन नदिन रुपन्देही प्रशासनले जिल्लाभर सुरक्षा व्यवस्था कडा पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment