Comments Add Comment

अनिलबहादुर शाहीमाथिको कारबाही फिर्ता लिन माग

६ असार, काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले मध्यपश्चिम विश्वविद्यालयमा अध्ययनरत नेविसङ्घका केन्द्रीय सदस्य अनिलबहादुर शाहीमाथि गरेको कारबाही फिर्ता लिन माग गरेको छ ।

नेविसंघले कार्वाही फिर्ताको माग गर्दै उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको छ ।

नेविसङ्घका केन्द्रीय कोषाध्यक्ष शिव रिमालसहितको टोलीले मंगलबार श्रेषठसंग भेट गरी विश्वविद्यालयले शाहीमाथि लगाएको सार्वजनिक मुद्दा तत्काल फिर्ता लिएर वार्ता र सहमतिको माध्यामबाट समस्या समाधान गर्न माग गरेको हो ।

ज्ञापनपत्र बुझ्दै उप्रधानमन्त्री श्रेष्ठले सो समस्या समाधानका लागि आफूले सम्बन्धित निकायमा पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

केही दिन अघि मप विश्वविद्यालयमा संयुक्त विद्यार्थीले गरेको अान्दाेलनका क्रममा रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लको गाडि तोडफोड भएपछि विश्वविद्यालयले शाहीलाई निष्काशन गरेको हो ।

मप विश्वविद्यालयले निजी क्याम्पसहरुलाई सम्बन्धन दिने निर्णय गरेपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिका थिए ।

यता विश्वविद्यालय अनुदान आयोग भक्तपूरले पनि आफ्ना क्याम्पसमा साधारण तथा प्राविधिक विषयहरुको अध्ययन सुरु नगरी अन्य कलेजलाई सम्बन्धन नदिने निर्णय गरिसकेको छ ।

तर, विद्यार्थीहरुले शाहीमाथीको कार्वाही फिर्ता लिन भन्दै आन्दोलन जारी राखेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment