Comments Add Comment

त्रिभुवन राजपथमा पहिरो, सवारी आवागमन ठप्प

७ असार, मकवानपुर। त्रिभुवन राजपथको बागझोरामा आज बिहान परेको पानीले बाढी तथा पहिरो आउँदा बिहानैदेखि हेटौँडा–कुलेखानी हुँदै काठमाडौँ तर्फको यातायात सेवा अवरुद्ध भएको छ ।

यसैगरी, बाढीपहिरोले गर्दा हेटौँडाबाट दामन तथा पालुङतर्फको यातायात सेवा पनि अवरुद्ध भएको छ ।

बागझोरामा आएको पहिरो हटाउन हेटौँडाबाट डोजर त्यसतर्फ पठाइसकेको र मौसम सुधार भएमा दुई घन्टाभित्र यातायात चालु गर्ने तयारी गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दवाडीले जानकारी दिए ।

उक्त राजमार्ग अवरुद्ध हुँदा हेटौंडाबाट काठमाडौंतर्फ जाने सुमो जिप, माइक्रोबस, ट्रक र मोटरसाइकल बागझोरामा लामबद्ध भई रोकिनु परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment