+
+
Shares

रणवीरले कट्रिनाको प्रशंसा गर्दै भने- उनीसँग काम गर्न मज्जा लाग्छ

अनलाइनखबर अनलाइनखबर
२०७४ असार ८ गते ९:४०

हालै एक अन्तरवार्तामा बलिउड अभिनेत्री कट्रिना कैफले आफ्ना पूर्वप्रेमी रणवीर कपुरसँग आइन्दा फिल्म नखेल्ने कुरा गरेकी थिइन् । अब रणवीरले उनलाई सामाजिक सञ्जालमा जवाफ दिएका छन् ।’

फेसबुकमा लाइभ उपस्थित भएका रणवीरले सुरुमा मिडियासँग गुनासो गरे । कट्रिनाले आफूसँग फिल्म खेल्दिन भनेर नबोलेको उनको जिकिर थियो ।

‘मिडियाले यो खबरलाई गलत तवरले प्रस्तुत गरे,’ उनले भने । त्यसपछि उनी कट्रिनाको प्रशंसामा केन्दि्रत भए ।

रणवीरले भने, ‘हो हामी ब्रेकअपपछि पनि सँगै काम गरिरहेका छौं । मलाई उनीसँग काम गर्न मज्जा आउँछ । हामीबीच क्रियटिभ पार्टनरसीप छ । उनले मलाई सँधै सपोर्ट गरिरहेकी छिन् र उनको कारणले मेरो स्टारडम बढेको छ ।’

उनले थपे, ‘म फिल्म इन्डष्ट्रीमा जुनियर नै हुँदा उनले मसँग ‘राजनीति’ मा काम गरिन् । अहिले फेरि जग्गा जासुसमा हामीले सँगै काम गरेका छौं । दर्शकहरुले हाम्रो जोडीलाई पक्कै मन पराउनुहुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?