Comments Add Comment

एनआरएनए कुवेतको पाँचौ अधिबेशन अगष्ट १८ मा हुने

भागिरथलार्इ आर्थिक सहयोग

२२ जुन, कुबेत । एनआरएनए कुवेतले आगामी अगष्ट १८ तारिखमा पाँचौं अधिवेशन गर्ने भएको छ ।

एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङको अध्यक्षतामा बसेको बैठकले पाँचौं अधिवेशनलाई आईसीसी कोडीनेटर सुजन केसी संयोजक रहेको ५ सदस्यिय निर्वाचन समिति गठन समेत गरेकोछ ।

समितिको सदस्यहरुमा शिव कोईराला, कोशराज राई, आनन्द आचर्य र नैनकला राई रहेका छन् ।

बैठकले पाँचौ अधिवेशनको तैयारीको निम्ति निर्वाचन समितिलाई कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको कार्य मूल्याङकन उपलव्ध गराउने निर्णय गर्दै कार्य बिभाजन गरी जिम्मेवारीको समेत बाँडफाँड गरेको प्रबक्ता कोशराज राईले अनलाइनखबरलाई बताए ।

बैठकले कार्यसमितिका सल्लाहकार लगायतबाट दस्तुर र बोलकबोल रकम भुक्तानि गर्नेहरुको मात्रै पदीय हैसियत रहने र उक्त रकम नबुझाउनेहरुको हैसियत नरहने निर्णय गरेको छ ।

निर्वाचन समितिका संयोजक सुजन केसीले निर्वाचन समितिको गठनसंगै आउदो जुन २३ तारिखबाट सदस्यता फारम भर्ने कार्य सुरु गर्नुको साथै केही दिनमा निर्वाचन समितिको बैठक बसी निर्वाचनका कार्यतालिका र नियमावलीहरु सार्वजानिक गरिने जानकारी दिएका छन ।

एनआरएनए कुवेतद्वारा आर्थिक सहयोग

एनआरएनए कुवेतले गाडीको ठक्करबाट दुर्घटनामा परेका नवलपरासी बर्दघाटका भागिरथ चापागाईं र दुवै मृगौला फेल भई अस्पतालमा उपचार गराउँदै आएकी चितवन मंगलपुरकी बिरामी उर्मिला विश्वकर्मालाई आर्थिक सहयोग गरेको छ ।

दुबै बिरामीहरु कुवेतको आदान अस्पतालमा छुट्टा छुट्टै कक्षमा उपचार्थ रहेका र उनीहरुको लागि आर्थिक सहयोग चलाउँदै आएका संस्थाहरु भगिरथ चापागाईंको लागि लुम्बिनी समाज, कुवेतका महासचिव रुपेन्ऽबिक्रम हमाल र उर्मिला बिश्वकर्माको लागि चितवन सेवा समाजका अध्यक्ष नविन लोप्चन तामाङलाई ५१/५१ कुवेती दिना (जनही करिव १७ हजार तीन सय नेपाली रुपैयाँ) सहयोग रकम हस्तान्तरण गरेको हो ।

आर्थिक सहयोग हस्तानतरण गर्न एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङ महासचिव अमित राई, राहत कोष संयोजक राजु कार्की, सदस्य गणेश रावत, प्रवक्ता कोशराज राई र सदस्य रमेश राई लगायतको टोली आदान अस्पताल पुगेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment