+
+

प्रहरीका सई साव वडाध्यक्षका उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७४ असार ८ गते १६:४४

८ असार तेह्रथुम । यस जिल्लामा नेपाल प्रहरीमा नायब निरीक्षक (सई)को रुपमा कार्यरत एक व्यक्तिले जागिर छाडेर स्थानीय तह निर्वाचनमा वडाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

म्याङलुङ नगरपालिका–४, पिप्लेमा जन्मिएर नेपाल प्रहरीमा जवान हुँदै नायव निरीक्षक बनेका रामबहादुर खड्काले जागिर छाडेर वडाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।

खड्काले आफूले आफ्नो विचार मिल्ने भएकाले जागिर छाडेर गाउँको विकास र समृद्धिका लागि नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएको बताए। “जागिर पनि लामो समयसम्म खाएँ,” उनी भन्छन्, “चुनाव आएपछि गाउँवासीले उम्मेदवारी देउ, गाउँको विकासका लागि तिम्रो आवश्यकता छ भनेपछि उम्मेदवार भएको हुँ ।”

प्रहरी सेवामा रहँदा थुप्रै वर्ष उनले जिल्लामै रहेर नागरिकको सेवा गरेका छन् । “जनतासँग घुलमिल भएर प्रहरी सेवामै हुँदा पनि गाउँका लागि सक्ने सहयोग गरिरहेको थिएँ, अब सिङ्गो गाउँको विकासको जिम्मा लिने अवसर पनि पाएको छु,” उनले भने । आफूले वडाध्यक्ष पदमा विजयी हासिल गरेपछि गाउँमा खानेपानी, सडक, विद्युत्, स्वास्थ्य, शिक्षा र रोजगारीका क्षेत्रमा काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

नागरिकको चाहनाअनुसार विकास र नेतृत्व आफूले गर्नसक्ने उनको तर्क छ । “प्रहरी सेवामा हुँदा मैले सुशासन, पारदर्शिताकै लागि काम गरेँ, भ्रष्टाचारको अन्त्य र गाउँको आर्थिक–सामाजिक विकास नै मेरा मुख्य एजेन्डा हुन्,” उनले थपे।

प्रहरी सेवामा जवानबाट भर्ती भएका उहाँले हवल्दार, प्रहरी सहायक निरीक्षक (असई) र नायब निरीक्षक (सई) भएर करिब डेढ दशक काम गरेका छन्।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?