Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेजः चुनावको तयारी पूरा

१० असार, काठमाडौं । असार १४ गतेका लागि तय गरिएको दोस्रो चरणको स्थानीय चुनावको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको विषयलाई आजका पत्रपत्रिकाहरुले प्रमुखताका साथ छापेका छन् ।

नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरोमा परेर भएको मानवीय तथा भौतिक क्षतिबारे पनि पत्रपत्रिकाहरुले सामग्री पस्केका छन् । विभिन्न स्थानका चुनावी विश्लेषणहरु पनि आजका पत्रपत्रिकाहरुमा छापिएका छन् ।

‘चुनावको सम्पूर्ण तयारी पूरा’ शीर्षक दिएर मुख्य खबर लेखेको गोरखापत्र दैनिकले अस्थायी शिक्षक र सरकारबीच वार्ता भएको र परीक्षामा फेल भए पनि पैसा दिने सहमति भएको समाचार प्रकाशित गरेको छ ।

नयाँ पत्रिका दैनिकले नारायणगढ–मुग्लिङ सडक खण्डको दुरावस्थाबारेको सामग्रीलाई मुख्य खबर बनाएर छापेको छ । स्थानीय तह निर्वाचनका थरीङथरीका उम्मेदवारबारेको समाचारलाई पनि नयाँ पत्रिकाले पहिलो पृष्ठमा स्थान दिएको छ ।

राजधानी दैनिकले मुग्लिन–नारायणगढ खण्डमा गएको पहिरोको विषयलाई नै मुख्य खबर बनाएर छापेको छ ।

अन्नपूर्ण पोस्ट दैनिकले प्रधानमन्त्री शेरबहादुर देउवाको गाउँको चुनावी माहोल र गाउँलेको चाहनाबारे एक सामग्री प्रकाशित गरेको छ । स्थानीय तहको नाम जुधेको विषयको खबर पनि आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

‘त्रासद यात्रा, बेखबर राज्य’ शीर्षक दिएर नागरिकले नारायणगढ–मुग्लिङ सडक खण्डको चिरपार गरेको छ ।

कान्तिपुर दैनिकले ‘लुम्बिनी हाँक्ने दौडमा मुस्लिमहरु’ शीर्षक दिएर मुख्य खबर लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment