Comments Add Comment

एमालेसँग छलफल गरी संविधान संशोधन गर्छौंः प्रधानमन्त्री

१० असार, भीमदत्तनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनपछि प्रतिपक्ष दल नेकपा एमालेसँग छलफल गरी संविधान संशोधन गर्ने बताएका छन् ।

संविधान संशोधन नभए पनि आन्दोलनरत पक्ष स्थानीय तहको निर्वाचनमा भाग हुनेमा आफू आशावादी रहेको उनले बताए ।

नेपाल प्रेस युनियन कञ्चनपुरले शनिबार बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा देउवाले भने, मधेसीले केही माग राखेका छन् । तर, दुई तिहाइ नपुगी संविधान संशोधन हुन सक्दैन ।’

कांग्रेस सभापति समेत रहेका देउवाले संविधान कार्यान्वयनका लागि तीन वटै तहको निर्वाचन जरुरी रहेको बताए ।

उनले पञ्चेश्वर परियोजना बनाएर छाड्ने बताए । उनले भने, ‘अपर कर्णाली र पश्चिमसेती बन्ने भइसके । पञ्चेश्वरको पनि डिपिआर तयार गरेर कामलाई अघि बढाउनेछु ।’

देउवाले कञ्चनपुरका बेल्डाँडी गाउँपालिका र बेलौरी नगरपालिकाको चुनावी सभालार्इ सम्बोधन गरेर गृहजिल्ला डडेल्धुरा जाने कार्यक्रम छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment