+
+
Shares

आइओएमका विद्यार्थीद्वारा सर्वोच्च अदालतमा रिट दायर

अनलाइनखबर अनलाइनखबर
२०७४ असार ११ गते १८:३८

११ असार, काठमाडाैं । सम्पूर्ण योग्यता पूरा गरेर पनि स्नात्तकोत्तर अध्ययन गर्नबाट बञ्चित भएका त्रि.वि शिक्षण अस्पताल महाराजगञ्जका ६ जना विद्यार्थीहरुले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

त्रि.वि. चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) महाराजगञ्जका विद्यार्थीहरुले मेरिटको आधारमा आफूहरुले पढ्न पाउनु पर्ने माग राख्दै नेपाल मेडिकल कलेज, वीरगंज तथा भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

मेरिट लिस्टमा नाम निस्केर पनि ती कलेजहरुले सिट खाली छैन भनेर भर्ना लिन अस्वीकार गरेपछि विद्यार्थीहरुले रिट दायर गरेका थिए । रिट दायर गर्नेमा हाल वीरगञ्जको नेपाल मेडिकल कलेजमा भर्ना हुन पुगेका ६ विद्यार्थी रहेका छन् ।

यस अघि त्रि.वि शिक्षण अस्पताल महाराजगञ्जमा अध्ययनरत १२ जना विद्यार्थीहरुले सम्पूर्ण योयता पूरा गरेर पनि स्नात्तकोत्तर अध्ययन गर्नबाट बञ्चित भएको भन्दै आइतबारनै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

त्रि.वि. चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) महाराजगञ्जका विद्यार्थीहरुले डीन कार्यालयलाई लेखेको निवेदन पत्रमा प्रधानमन्त्रीको कार्यालयलाई बोधार्थ दिएका छन् ।

उनीहरुले त्रि.वि शिक्षण अस्पतालद्वारा सञ्चालित चिकित्साशास्त्र तर्फको स्नात्तकोत्तर प्रवेश परीक्षामा उत्तीर्ण भई गत असार ७ गतेका दिन त्रि.विद्वारा आयोजना गरेको ओपन हाउस काउन्सिलङ्गबाट छनौटमा पर्दा समेत भर्ना हुन नपाएको उनीहरुले गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?