Comments Add Comment

कैलालीमा चुनावी कर्मचारी खटनपटनमा समस्या


११ असार, कैलाली । कैलालीका मुख्य निर्वाचन अधिकृत धनसिंह महराले कर्मचारी खटनपटनमा समस्या भएको बताएका छन् ।

स्थानिय तह निर्वाचनका लागि माग भएको कर्मचारीहरु मध्ये केहीको मृत्यु भएको तथा केहीको बढुवा-सरुवा भइसकेको नामावली आएपछि समस्या भएको मुख्य निर्वाचन अधिकृत महराले जानकारी दिए ।

सम्बन्धित कार्यालयले कर्मचारीको सहि विवरण नदिँदा यस्तो अवस्था आएको उनले बताए । कतिपय स्थानमा परिचालन गरिएका कर्मचारीको फोन नम्बर समेत उपलब्ध नगराइएको मुख्य निर्वाचन अधिकृत महराले बताए ।

निर्वाचनमा खटिई जाने कर्मचारीहरुलाई निर्वाचन आयोगले समयमा तालिम नदिनु, कर्मचारी नियुक्तिमा सोझै आयोगले हस्तक्षेप गर्नुले समेत कर्मचारीहरुको विवरण राख्न नसकिएको बताए ।

१३ ओटा स्थानीय तह रहेको कैलालीमा मुख्य निर्वाचन अधिकृत ४ सय ९० जना, सहायक निर्वाचन अधिकृत ४ सय ९०, सहायक कर्मचारी ९ सय ८० र कार्यालय सहयोगी ९ सय ८० गरि २ हजार ९ सय ४० जना कर्मचारी परिचालन गर्ने तय भएको छ । तर, केहि स्थानमा सहायक कर्मचारी अपुग भएकोले समन्वय गरी कर्मचारी राख्न निर्देशन दिएको मुख्य निर्वाचन अधिकृत महराले बताए ।

उनका अनुसार २ सय ३० मतदानस्थल रहेको कैलाली जिल्लामा सुरक्षाको दृष्टिकोणले ८६ ओटा मतदानस्थल अति संशेदनशील, ८३ ओटा संवेदनशील र ६१ मतदानस्थल सामान्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment