
१७ चैत, काठमाडौैं । सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स सुपर किंग्सलाई २३१ रनको चुनौती पेश गरेको छ ।
टस हारेर पहिलो ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २३१ रन बनाएपछि बेंग्लोरले विशाल लक्ष्य पाएको हो ।
हैदरावादका लागि ओपनर जोन्नी ब्रेस्ट्ओ र डेभिड वार्नरले उत्कृष्ट ब्याटिङ गरे । ब्रेस्ट्ओले शतकसहित ११४ रन बनाए । उनले ५६ बलमा १२ चौका र ७ छक्का प्रहार गरे । त्यस्तै, वार्नरले उत्कृष्ट ब्याटिङ गर्दै अविजित शतक बनाए । उनले ५५ बलमा पाँच चौका र ५ छक्का प्रहार गरे ।
उत्कृष्ट प्रदर्शन गर्दै ओपनिङमा आएका दुबै खेलाडीले शतक बनाएका हुन् । हैदरवादको पहिलो विकेट १६.२ ओभरमा १८५ रन हुदा गएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4