१२ असार, काठमाडौैं । जर्मनी र चिली र कन्फेडेरेशन कप फुटबलको सेमिफाइनलमा पुगेका छन् । यससँगै सेमिफाइनलको समिकरण पुरा भएको छ ।
आइतबार राति भएको खेलमा जर्मनीले १० खेलाडीमा सिमित क्यामरुनलाई ३–१ गोल अन्तरले हराएको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा जर्मनीले ४८ औं मिनेटमा डेमिबाइको गोलबाट अग्रता लिएको थियो । ६६ औं मिनेटमा विनरले गोल गरे ।
त्यसको दुई मिनेटअघि क्यामरुन १० खेलाडीमा सिमित भएको थियो । उसका माबोउकाले रातो कार्ड पाएका थिए ।
खेलको ७८ औं मिनेटमा क्यामरुनले एक गोल फर्कायो । तर, ८१ औं मिनेटमा विनरले व्यक्तिगत दोस्रो गोल गरेपछि जर्मनी ३–१ गोल अन्तरले विजयी भएको छ ।
३ खेलबाट ७ अंक जोडेको जर्मनी समूह बीको विजेताका रुपमा सेमिफाइनलमा पुगेको छ ।
अर्को खेलमा चिली र अष्ट्रेलियाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
खेलमा अग्रता भने अष्ट्रेलियाले लिएको थियो । ४२ औं मिनेटमा जेम्स ट्रोइसीले गोल गरे । तर, ६७ औं मिनेटमा चिलीका मार्टिन रोड्रिग्वेजले बराबरी गोल गरे ।
बराबरीपछि चिली ५ अंकसहित समूह बीको उपविजेताका रुपमा अन्तिम चारमा पुगेको छ ।
समूह ए बाट पोर्चुगल र मेक्सिको यसअघि नै अन्तिम चारमा पुगिसकेका छन् । अब फाइनल प्रवेशका लागि युरोपियन च्याम्पियन पोर्चुगलले चिलीसँग खेल्नेछ । मेक्सिकोले भने विश्व जिवेता जर्मनी प्रतिद्वन्द्वी पाएको छ ।
प्रतिक्रिया 4